नयाँ वर्षको अवसरमा भक्तपुर औद्योगिक तथा व्यापार मेला आयोजना

भक्तपुर, चैत ८ गते । नयाँ वर्षको अवसरमा भक्तपुरमा ‘छैटौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७७/७८’को आयोजना हुने भएको छ । नयाँ वर्षको अवसरमा भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको ९९ रोपनी जग्गामा औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले बृहत् औद्योगिक मेलाको आयोजना गर्ने भएको औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभयो । उहाँका अनुसार मेला आगामी चैत २७ देखि वैशाख ७ गतेसम्म १२ दिनसम्म हुनेछ ।

उहाँले सबै उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँ वर्षको अवसरमा बृहत् औद्योगिक तथा व्यापार मेला आयोजना हुने मेलामा १५० भन्दा बढी स्टल रहने बताउनुभयो । मेलामा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामग्री, खाद्यान्नका सामग्री, विभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडाका सामग्री, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहने छन् । मेलाका संयोजक दीपक थापाले मेलामा खुला भलिबल प्रतियोगिताको समेत आयोजना गर्ने जानकारी दिनुभयो ।

मेलामा अटोमोबाइल, अन्तर्राष्ट्रिय स्टल, खाना महोत्सव तथा राष्ट्रिय एवं स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको स्टल रहने छन् । मेलामा बिक्री गरिने सामानमा २५ देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको जानकारी दिँदै उहाँले मेलामा आउनेका लागि निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गर्ने जानकारी दिनुभयो । करिब पाँच लाख उपभोक्ताले मेलाको अवलोकन तथा सेवा प्राप्त गर्ने अनुमान गरिएको संयोजक थापाले जानकारी दिनुभयो ।

मेलामा हरेक दिन विभिन्न ब्याण्ड प्रतियोगिता, डान्स प्रतियोगिता र अन्य मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुने आयोजक मध्यपुर ब्वाइज ब्याण्डका प्रमुख सुनिल बज्राचार्यले जानकारी दिनुभयो । विगत वर्षमा झँै यस वर्ष पनि क्यान्सर र मिर्गौलापीडित बिरामीलाई आर्थिक सहयोग गरिने छ ।

मेलामा बाल उद्यान, रोटीपिङ, मारुती सर्कस, कोलम्बस, जादु, सर्कस, ब्रेक, भूत चिडियाघर, बालबालिकाका खेल सामग्रीका साथै चार दर्जनभन्दा बढी राष्ट्रियस्तरका कलाकारको हाँस्यव्यङ्ग्यसहितका मनोरञ्जनात्मक प्रस्तुति रहने बज्राचार्यको भनाइ छ । मेलामा भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दा यसबाट लाभ लिनसक्ने मेलाका आयोजकले बताएका छन् ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।