छथरमा १२ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु
नारायण कुमार राई/ चैत्र २७,धनकुटा । १२ औ राष्ट्रपति तथा दोस्रो छथर गाउँपालिका स्तरीय रनिङ्ग शिल्ड प्रतियोगिता आजबाट शुरु भएको छ ।

सिधुवा बजारको खेल मैदानमा शुरु भएको उक्त प्रतियोगिताको पालिका अध्यक्ष शेरबहादुर लिम्बूले उत्घाटन गर्नुभएको छ ।
पालिकाका १० सामुदायिक र ३ निजि गरी १३ मा.बि.हरुका ४ सय भन्दा बढी छात्र–छात्राहरुले खेलमा भाग लिईरहेका छन् ।
पालिकाको आयोजना तथा श्री सरस्वती मा.बि.सिधुवाको सह–आयोजनामा सम्पन्न भईरहेको खेलका लागि राष्टिय निर्णायक सुरेश रिजालको संयोजकत्वमा ८ जनाको निर्णायक टोलीले खेल खेलाईरहेको छ ।

२ दिन सम्म चल्ने उक्त खेलमा एथलेटिक्स,कबर्दी र भलिबल गरी ३ बिद्यामा १५ वटा खेलहरु सम्पन्न हुनेछन् ।
खेलमा १ सय,२ सय,४ सय ८ सय १ हजार ५ सय र ३ हजार मिटरको दौड,लङ जम्प,त्रिपल जम्प,हाई जम्प,सटपुट,ज्याब्लिङ्ग थ्रो,४ गुणा ४ सय र ४ गुणा १ सय मिटरको रिले दौड,कपर्दी र भलिबल खेल हुनेछन् ।
बिजयी प्रथम र दोस्रो हुने बिद्यार्थीहरुले बैसाख ३ र ४ गते धनकुटामा हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता भाग लिन पाउनेछन् ।

अन्य बिजेता छात्र–छात्राहरुको प्रोत्साहनको लागि पालिकाले बेग्लै पुरस्कारको ब्यबस्था गरेको पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।
उत्घाटन कार्यक्रममा पालिका उपाध्यक्ष,भीमकला श्रेष्ठ,निमित्त प्रशासकीय अधिकृत नेत्रबहादुर श्रेष्ठ तथा वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।


