‘व्यास पराशर क्षेत्रले पर्यटनमा ठूलो योगदान दिन सक्छ’

दमौली, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास पराशर क्षेत्रले नेपालको पर्यटनमा महत्वपूर्ण योगदान दिनसक्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–३ र ५ जोड्ने मादी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुलको सौन्दर्य अभिवृद्धि गर्ने सन्दर्भमा आज व्यास नगरपालिकामा आयोजित छलफल कार्यक्रममा उहाँले व्यास पराशर क्षेत्रलाई हिन्दूहरुको पवित्र धार्मिकस्थल बनाउन थालिएको प्रयास सराहनीय रहेको बताउनुभयो ।

वेदव्यासको जन्मभूमि दमौलीलाई विश्वमाझ परिचित गराउन विगतदेखि नै प्रयास हुँदै आएको बताउँदै पौडेलले भन्नुभयो, “व्यास र पराशर क्षेत्रलाई जोड्ने झोलुङ्गे पुलको सौन्दर्य अभिवृद्धि गरी यस क्षेत्रको धार्मिक पर्यटन वृद्धि गर्न थालिएको प्रयास सकारात्मक छ, छिटोभन्दा छिटो यो कामलाई सम्पन्न गर्नेतर्फ ध्यान दिनुपर्छ ।”

व्यास–५ मानुङकोट पनि विकासका क्रममा अगाडि बढिसकेको र व्यास पराशर क्षेत्रलाई पनि विकास गर्न सकिए सुनमा सुगन्ध हुने वरिष्ठ नेता पौडेलको भनाइ थियो । नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले व्यास क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने प्रयास शुरु भएको बताउनुभयो ।

व्यास–३ र ५ जोड्ने मादी नदीमाथि निर्माण भएको पुललाई व्यास झुलाका रूपमा विकास गर्न खोजिएको छ । पुलको सौन्दर्य अभिवृद्धिका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । डिपिआरअनुसार पुलको सौन्दर्य अभिवृद्धि लागि रु ५९ लाख ७२ हजार ३९ बजेट आवश्यक पर्ने परामर्शदाता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुलमा बत्ती जडान गरी आकर्षक बनाउन खोजिएको छ । “पुलमा जडान गरिने बत्तीले यो क्षेत्र धेरै पर्यटकको रोजाइमा पर्नसक्छ”, पाण्डेले भन्नुभयो । पुलमा बत्ती जडानका लागि मात्रै रु २० लाख १६ हजार ३१६ बजेट आवश्यक पर्ने देखिएको छ ।

व्यास झुलाको दुवैतर्फको प्रवेशद्वार पनि आकर्षक बनाइनेछ । प्रवेशद्वार डुङ्गा आकारको बनाइनेछ जहाँ पराशर र सत्यवतीको आकृतिसमेत झल्काइनेछ । “व्यासका पिता पराशर र सत्यवतीको मिलन मादी तर्दा डुङ्गामा भएकाले प्रवेशद्वार डुङ्गा आकारमा बनाउन लागिएको छ”, उहाँले भन्नुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖