जिल्ला स्तरीय १२ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शूरु

धनकुटा । धनकुटामा शुक्रवार देखि जिल्ला स्तरीय १२ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शूरु भएको छ ।

प्रतियोगिताको प्रतिनिधि सभाका सासंद राजेन्द्र राईले उद्घाटन गर्दै खेलकुदको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन सकिने भएकोले खेलकुदको विकासका लागी सवै लाग्नु पर्नेमा जोड दिनु भयो ।

सो अवसरमा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक चुवान,धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाग आयोजिक समितिका सदस्य मन कुमारी तितुङ लगायतले शुभ कामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

उद्घाटन पछी आयोजित विभिन्न खेलकुद प्रतियोगिता अन्र्तगत दौड तथा एथिलेष्टिक प्रतियोगिताहरुमा विजयी विद्यार्थी तथा विद्यालयहरुलाई प्रतिनिधि सभाका सदस्य राजेन्द्र राई,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,अभिभावक संघ धनकुटाका अध्यक्ष सुन्दर वाबु श्रेष्ठ गोकुण्डेश्वर माविका पधानाध्यापक यज्ञ प्रकाश चापागाई,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भोगेन्द्र थापा,कार्यालय प्रमुख नविन प्रधान,हिले माविका प्रधानाध्यापक खगेन्द्र आर्चाय,सहिदभूमी गाउपालिका शिक्षा इकाईका प्रमुख उमेश राई लगायतले कप,मेडल तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

धनकुटा जिल्लाका सातवटै पालिकाका विभिन्न विद्यालयहरुले भाग लिएको उक्त धनकुटा जिल्ला स्तरीय राष्टपति रनिङ्ग शिल्ड प्रतियोगिता भोली सम्म संचालन हुने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख तथा खेलकुद विकास समितिका धनकुटाका सदस्य सचिव नविन प्रधानले वताउनु भयो ।

कार्यक्रम जिल्ला खेलकुद विकास समिति धनकुटाका अध्यक्ष भोगेन्द्र थापाको अध्यक्षता सम्पन्न भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।