५० जनाले लगाए कोरोना भाईरस विरुद्धको दोश्रो डोज खोप,६ का २९ घरलाई फुसको छानो र जिर्ण घर मूक्त वनाईने

धनकुटा । धनकुटाको शहिदभूमी गाँउपालिका ५० जनाले कोरोना भाईरस विरुद्धको दोश्रो डोज खोप लगाएका छन् । यो रोग विरुद्धको दोस्रो चरण अन्तर्गतको खोप लगाउने कार्यक्रम अन्र्तग हिजो र आज ३० पुरुष र २० महिलाले दोश्रो डोज खोप लगाएका हुन् ।

माघ र फागुनमा पहिलो चरणमा पहिलो डोजको खोप लगाईएकालाई दोस्रो डोजको खोप दिईने पालिकाका स्वास्थ्य शाखा प्रमुख फर्किर मोहोमदले जानकारी दिनु भयो ।

कोभिड विरुद्धको दोस्रो चरण खोप लगाउने अभियान अन्तरगत पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वयंमसेविका, जनप्रतिनिधी, गाउँपालिका कर्मचारी, र बैंक तथा बित्तिय संस्थाका प्रतिनीधिहरुलाई खोप लगाईएको हो ।

यो पनि …

शहिदभूमी गाउँपालिका ६ का २९ घर लाई चालु आर्थिक वर्षमा फुसको छानो र जिर्ण घर मूक्त वनाईने भएको छ ।

वडा कार्यलयले दिएको जानकारी अनुसार गाउँ सभा सदस्यहरु जम्मा ६ जनाको २, २ लाख बाट १२ घर,गाउँपालिकाको ५ लाख बाट १० घर र चालु आर्थिक वर्षको विपन्न सँग अध्यक्ष कार्यक्रम अन्र्तगत ७ घर लाई फुसको छानो र जिर्ण घर मूक्त वनाईने भएको हो ।

आफुहरुको कार्यकाल सम्म सो वडाको साढे ३ सय घरलाई नै फुसको छानो र जीर्ण घर मूक्त वनाउने लक्ष रहेको वडाध्यक्ष हेमकुमार राईले वताउनुभयो ।

सामाजिक सञ्जालमा भनिए जस्तो राजनीतिक हिसावले कसैलाई नछुट्याई विपन्न वर्गलाई समान रुपमा पालैपालो सहयोग दिईरहेको पनि उहाँले वताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।