धनकुटामा बोलेरो दु’र्घटना(फोटो फिचर)
धनकुटा,१२ बैशाख । धनकुटामा आज दिउँसो बोलेरो दु’र्घटना भएको छ ।

संखुवासभाबाट ईटहरी तर्फ जाँदै गरेको को १ ज ३२ ७३ नं वोलेरो विपरित दिसाबाट आइरहेको वसलाई साईड दिने क्रममा ब्रेक फेल भई धनकुटा नगरपालिका ३ कागते नजिक दु’र्घटना भएको हो ।

दु’र्घटनामा कुनै मानविय क्षति नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार वेलेरोमा ६ जना सवार थिए । उनिहरु सबै सकुशल रहेका छन् ।



