विजेता विद्यार्थीहरुलाई सम्मान तथा बधाइ ज्ञापन
बैसाख १४,धनकुटा । छथरजोरपाटी गाउंपालिका धनकुटाले आज जिल्ला स्तरिय १२ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई सम्मान तथा बधाइ ज्ञापन गरेको छ ।

गाँउपालिकाको खेलकुद विकास समितिद्वारा आयोजित सम्मान तथा बधाइ कार्यक्रममा गाँउपालिकालाई ४ स्वर्ण, ५ रजत र ४ कास्य पदक जितेका विद्यार्थीलाई हौसला स्वरुप नदग तथा मायाको चिनो प्रदान गर्दै खदा,अविर लगाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगर र राष्ट्रिय यूवा संघका केन्द्रिय सदस्य बलदिप राईले विजेता विद्यार्थीहरुलाई हौसला स्वरुप जनही २-२ सय रुपयाँ प्रदान गरेका थिए ।
कार्यक्रममा वोल्दै प्रमुख प्रशासकीय अधिकृत मगरले विभिन्न विधामा प्रतिस्पर्धा गर्दै जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गाँपालिकालाई तेस्रो स्थान हासिल गरी १३ वटा पदक ल्याउन सफल भएको जानकारी गराउनु भयो । उहाँले विद्यार्थीहरको यो कार्यले गाँउपालिकाको शिर उच्च पारेको भन्दै खुशी समेत व्यक्त गर्नु विद्यार्थीहरुलाई बधाइ ज्ञापन गर्नुभयो ।
त्यस्तै गरी गाँउपालिका भित्र खेलकुद सम्बन्धि विभिन्न समस्या समाधानका लागि आउने वर्षको बजेट मार्फत सम्बोधन हुने बताउनु भयो । त्यस्तै राष्ट्रिय यूवा संघका केन्द्रिय सदस्य राइले पनि मेहनत नै सफताको जड भएको वताउँदै आगामी दिनमा जिल्ला प्रथम हुन खेलाडीहरुलाई शुभकामना दिनु भयो ।
त्यस्तै गरी उहाले किताबी ज्ञानले मात्रै भविश्य नबन्ने भन्दै एक्स्ट्रा नलेज हुन आवश्यक रहेको ले खेलकुद पनि क्षमता विकासको एक माध्यम भएको बताउनु भयो । कार्यक्रमका अन्य अतिथिहरु वडा नं ५ का वडा अध्यक्ष सुरेन्द्र लिम्बु , छथरजोरपाटि गाँउपालिकाको शिक्षक संघ तथा खेल शिक्षक लोक बहादुर अधिकारी, गाँउपालिकाको शिक्षा साखाका प्रमुख निर्मला सुवेदी लगायतले पनि कार्यक्रममा खेलाडीहरुलाई बधाइ तथा शूभकामना प्रदान गरेका थिए ।
गाउंपालिका भित्रका १३ वटा विद्यालय मध्य ५ वटा विद्यालय सगरमाथा, चुलाचुली मावी, सरस्वती मावी, माहाकाली मावी र सेतो गुरास बोडिङ स्कुलका विद्यार्थिहरुले विभिन्न विधाका खेलहरुमा प्रतिस्प्रधा गर्दै जिल्लामा तेस्रो स्थान हासिल गरी १३ वटा पदक जितेका थिए ।
कार्यक्रमका अध्यक्ष तथा छथरजोर पाटि गाँउपालिकाको खेलकुद विकास समितिका संयोजक चन्द्र सुब्बाले खेल क्षेत्रको विकासका लागि गाँउपालिकाले विभिन्न कार्यक्रम तथा योजना सञ्चान गरिरहेको जानकारी गराउदै स्थानिय तह मार्फत कुनै विषयमा पठ्यक्रम राख्ने अधिकार भएको हुँदा खेल सम्बन्धि पठ्यक्रमको व्यवस्था गरेमा उपलबिध मुलुक हुने धारणा राख्नु भयो ।
कार्यक्रममा स्वागत मन्तव्य खेलकुद विकास समितिका उपाध्यक्ष पदम श्रेष्ठले राख्नु भएको थियो भने सञ्चालन समितिका सचिव दिवस खड्काले गर्नु भएको थियो ।


