लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा, टेलिफोन सेवा अवरुद्ध

पर्वत/शुक्रवार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेट समेत अवरुद्ध हुन्छ ।

धवलागिरिका ४ जिल्लामा शनिवार बिहानसम्मै सम्पर्क टुट्यो । सञ्चार सञ्जालको महत्त्व बढिरहेको समयमा ८/१० घण्टा नै इन्टरनेट र फोन सेवाबाट धवलागिरिवासी वञ्चित बने ।

यस्तो समस्या धवलागिरिको बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा दोहोरिँदै आएको छ ।

शुक्रवार पर्वत जिल्लाको मोदी गाउँपालिकास्थित पातिचौरमा राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्गले सडक विस्तारका क्रममा फाइबर काटिदिएपछि टेलिफोन र इन्टरनेट बन्द भएको नेपाल टेलिकमले बतायो । अहिले लोकमार्गको पोखरा–बागलुङ खण्ड विस्तार र कालोपत्रको काम तीव्रगतिमा चलिरहे पनि लोकमार्ग आयोजनाको कार्यालयले अन्य सेवा प्रदायक कार्यालयसँग समन्वय नगर्दा धवलागिरिमा पटक–पटक टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुँदै गएको छ ।

पटक–पटक फाइबर काटिँदा सञ्चार सम्पर्कविच्छेद भइरहेको स्थानीयले गुनासो गर्दै आएका छन् ।

नेपाल टेलिकमको फाइबर पुष्पलाल मध्यपहाडी लोकमार्गको छेउछाउबाट धवलागिरिमा ल्याइएको छ । लोकमार्ग आयोजनाले नेपाल टेलिकमलाई खबर र समन्वय नगरी सडक विस्तार गर्दा पटक–पटक समस्या भइरहेको नेपाल टेलिकमका प्रमुख केशव शर्मा बताउँछन् । धवलागिरिमा हप्तैपिच्छे १०/१२ घण्टा सञ्चार सम्बन्धविच्छेद हुँदै आएको छ । ‘कहिले कास्कीको हेम्जा, कहिले नौडाँडामा फाइबर काटिन्छ तर सेवा अवरुद्ध भएपछि मात्रै हामीले खबर पाउँछौं,’ कार्यालय प्रमुख शर्माले भने, ‘इन्टरनेट र फोन सेवा कतिबेला अवरुद्ध हुन्छ पत्तै पाइँदैन, मध्यपहाडी लोकमार्ग आयोजनाले समन्वय नगर्दा फाइबर काटेर टुक्राटुक्रा पारिसक्यो । कम्तीमा आयोजनाले सडक विस्तार गर्दा खबरमात्रै गरे हुन्थ्यो, आयोजनाले समन्वय नगर्दा पोखरा–बागलुङको फाइबर टुक्राटुक्रा परिसक्यो, सेवाग्राहीले धेरै सकस व्यहोर्नुपर्‍यो, हामीले पनि गाली खाइरहेका छौं ।’ शर्माका अनुसार धेरै स्थानमा फाइबर काटिँदा सञ्चार गुणस्तरमा समस्या हुने गर्दछ ।

सडक विस्तारका क्रममा विद्युत्को पोल सार्नुपर्ने हुन्छ, त्यही विद्युतको पोलमा टेलिकमको तार भए पनि विद्युत् सार्ने क्रममा टेलिकमलाई तार सार्न नबोलाउँदा यस्तो समस्या दोहोरिरहेको टेलिकमको भनाइ छ । सडकभन्दा सञ्चार महत्त्वपूर्ण भए पनि लोकमार्ग आयेजनाले विद्युत्को पोल हटाउँदा टेलिकमलाई खबर गर्नुपर्ने नेपाल टेलिकम बागलुङले जनाएको छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।