छथर जोरपाटीमा सकियो लागत संकलन, एक घर परिवारले ४ आना देखि गाउँमा १९ रोपनी पाउने
नारायण कुमार राई/ छथर जोरपाटी,धनकुटा । छथर जोरपाटी धनकुटाले आफ्नो पालिकामा रहेका भूमिहीन दलित,सुकुम्बासी तथा अब्यबस्थित बसोबासी ६५५ घर परिवारको तथ्यांक संकलन गरिएको छ ।
प्रारम्भिक लागत संकलन सकेको छ । जसमा भूमिहीन दलित घर परिवार ४,भूमिहीन घर परिवार संख्या ४१,अब्यबस्थित बसोबासीको संख्या ६१० रहेको छ ।
सबैभन्दा बढी वडा नं.६ मा २६२ घर परिवार,वडा नं.२ मा २५५ र वडा नं.३ मा ७९ जना भूमिहीन तथा अब्यबस्थित बसोबासी घर परिवारको तथ्यांक संकलन गरिएको छ ।
त्यस्तै वडा न..१ मा १० जना,वडा नं.४ मा ३४ जना र वडा नं.५ मा १४ घर परिवारको लागत संकलन गरिएको छ ।
तथ्यांक संकलनको काम निरन्तर रहने भूमिहीन सम्बन्धि समस्या समधान आयोग छथर जोरपाटी ईकाइका ‘फोकल पर्सन’ नेत्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
लागत संकलन पछि प्रमाण पुगेका शहरी क्षेत्रका भूमिहीन दलित तथा सुकुम्बासीहरुले बसोबासका लागि ४ आना ० पैसा १.४२ दाम जमिन पाउनेछन् ।
ग्रामिण क्षेत्रका भुमिहीन दलित तथा सुकुम्बासीहरुले बसोबासका लागि १० आना २ पैसा ३.०९ दाम जमिन पाउनेछन् । कृषि प्रयोजनका लागि ५ रोपनी १४ आना १ पैसा १.६२ दाम जमिन पाउनेछन् ।
त्यस्तै अब्यबस्थित बसोबासीहरुले बसोबासका लागि शहरी क्षेत्रमा भूमिहीन दलित तथा सुकुम्बासी सरह ४ आना ० पैसा १.४२ दाम जमिन पाउनेछन् ।
ग्रामिण क्षेत्रमा बसोबासका लागि १ रोपनी १५ आना १ पैसा ३.२१ दाम र कृषि प्रयोजनका लागि १९ रोपनी १० आना २ पैसा ०.०७ दाम जमिन पाउनेछन् ।
यसरी जमिन पाउने घर परिपारले आयश्रोतको आधारमा सरकारी मुल्याकनको ८ देखि २०० प्रतिशत सम्म जमिनको राजश्व तिनुपने भुमि सम्बन्धि समस्या समाधान आयोग जिल्ला समिति धनकुटाका अध्यक्ष नैनबहादुर बिश्वकर्माले जानकारी दिनुभयो ।


