विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा धनकुटा पत्रकार महासंघको पद हस्तान्तरण

धनकुटा, २० बैसाख । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज नेपाल पत्रकार महासंघ धनकुटाको नवनिर्वाचित कार्यसमितिको पद हस्तानन्तरण कार्यक्रम पछी भएको बैठकले धनकुटाका पत्रकारहरु कोरोना संक्रमित भएमा पत्रकार महासंघले नि:शुल्क उपचार गर्ने निर्णय गरेको छ ।

गत चैत्र २५ गते सम्पन्न भएको निर्वाचित  महासंघ धनकुटा शाखाका कार्यसमितिलाई विश्व प्रेस स्वतन्त्रता दिवसको दिन पारेर आज पद हस्तान्तरण गरे पछि पहिलो जिल्ला शाखाको बैठकले धनकुटाका पत्रकारहरु कोरोना संक्रमित भएमा उपचारमा लाग्ने सम्पूर्ण खर्च नेपाल पत्रकार महासंघ धनकुटाले व्यहोर्ने निर्णय गरेको हो ।

नेपाल पत्रकार महासंघ धनकुटा शाखाका तत्कालिन अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठको अध्यक्षतामा भएको पद हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता वराईली,प्रदेश उपाध्यक्ष हिमा चेम्जोग,पूर्व अध्यक्षहरु सञ्जय सन्तोषी राई,विजय सन्तोषी राई,खगेन्द्र घिमिरे,सल्लाहकार भेषराज कटेल,फोनिजका अध्यक्ष सन्तवीर लामा,प्रेस चौतारी नेपाल धनकुटाका अध्यक्ष सन्तोष रुचाल,नेपाल प्रेस यूनियन धनकुटाका उपाध्यक्ष अजय सन्तोषी राई लगायतले पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षाका लागी पत्रकार महासंघ अहिले सक्रिय हुनु पर्ने समय आएको वताउदै नया कार्य समितिलाई शुभ कामना दिनु भएको थियो भने कार्यक्रमको संचालन तत्कालिन सचिव विदुर खवासले गर्नु भएको थियो ।

सो अवसरमा धनकुटाका पत्रकार महासंघको सदस्यहरु सरिता वराईली,नेपाल पत्रकार महासंघको निर्वाचनमा केन्द्रिय सदस्यमा र हिमा चेम्जोग प्रदेश उपाध्यक्षमा निर्वाचित हुनु भएकोमा धनकुटाका शाखाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,पूर्व अध्यक्ष विजय सन्तोषी राई,सचिव विदुर खवासले शाखाको तर्फबाट खादा अविर लगाई दिई सम्मान पत्र प्रदान गरी सम्मान गर्नु भएको थियो ।

यसैगरी नेपाल पत्रकार महासंघ धनकुटा शाखाको निर्वाचनमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई र केन्द्रिय तथा प्रदेश परिषद सदस्यहरुलाई शाखाका तत्कालिन अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,पूर्व अध्यक्ष विजय सन्तोषी राईले खादा तथा टिका लगाई दिई पद वहाली गराउनु भएको थियो । निर्वतमान कार्य समितिका उपाध्यक्ष लगायत कार्य समिति र सल्लाहकार समितिका सदस्यहरुलाई महासंघका तत्कालिन अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले आफ्नो कार्यकालमा सहयोग गर्नु भएको भन्दै धन्यवाद पत्र पदान गर्नु भएको थियो ।

नेपाल पत्रकार महासंघ धनकुटा शाखाको हालै सम्पन्न निर्वाचनमा अध्यक्ष नगेन्द्र राई,उपाध्यक्ष विदुर खवास,उपाध्यक्ष देवकला तिम्सिना,सचिव हरी वहादुर लम्जेल,सहसचिव द्धय पूर्ण चौधरी,इश्वर थापा,कोषाध्यक्ष रविन कटेल र सदस्यहरु अजय सन्तोषी राई,नरेन्द्र कस्चित,सर्मिला राई,विकास घिमिरे,विश्वराज श्रेष्ठ,मनिषा पोखरेल, आषिश लिम्बु,आकृती राई,विजय शेखर श्रेष्ठ,नेम नारायण चौधरी,,विशाल लम्जेललाई बधाई तथा शुभ कामना दिएको हो । यसैगरी केन्द्रिय परिसद सदस्यहरु सञ्जय सन्तोषी राई,सिद्धराज राई ,खगेन्द्र घिमिरे,स्मिता निरौला र प्रदेश परिषद सदस्यहरुलाई समेत खादा टिका लगाई दिई बधाई ज्ञापन गरिएको थियो ।

निर्वाचित कार्य समिति,केन्द्रिय तथा प्रदेश परिषद सदस्यहरुलाई नेपाल पत्रकार महासंघ धनकुटाको निर्वाचन समितिका संयोजक ठगिन कुमार राई र सदस्य तिल विक्रम चेम्जोगले आजै निर्वाचित भएको प्रमाण पत्र प्रदान गरी बधाई ज्ञापन गर्नु भएको थियो ।

नेपाल पत्रकार महासंघ धनकुटा शाखाको निर्वाचित कार्यसमितिका अध्यक्ष नगेन्द्र राईको अध्यक्षतमा भएको पहलो बैठकले धनकुटाका संचारकर्मीहरु कोरोना संक्रमित भएमा उपारमा लाग्ने सम्पूर्ण खर्च पत्रकार महासंघ धनकुटा शाखाले व्यहोर्ने र पत्रकारहरुलाई सुरक्षित तथा स्वास्थ्य समाग्रीहरु वितरण गर्ने लगायतका अन्य विभिन्न महत्वपूर्ण निर्णयहरु भएको नेपाल पत्रकार महासंघ धनकुटा शाखाका सचिव हरी वहादुर लम्जेलले वताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।