५ औ युएनए सम्मेलनको भब्य तयारी

विजय थापा । युनाइटेड नेप्लिज एसोसिएसन (युएनए)को पाँचौ सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न कार्यकारी समिति र आयोजक समिति भव्य तयारीमा जुटेका छन् । तर खेलकुद प्रतियोगिता बाहेक अन्य कार्यक्रमहरु भर्चुअल(परोक्ष)रुपमा जुम माध्यमबाट हुनेछ ।

युएनए सम्मेलन गैर आवासीय नेपाली संघ अमेरिकाको चुनाव परेकोले त्यसलाई मध्ये नजर गर्दै मे २२ -२३ दुई दिन गर्ने निर्णय गरिएको हो ।

तर खेलकुद भने भौतिक रुपमा भर्जिनियामा हुने भएको छ । युएनएले सदैव सम्मेलन मेमोरियल डे (स्मारक दिवस ) को सप्ताहको सेरोफेरोमा गर्दै आएता पनि गत बर्ष २०२० मा कोरोना महामारीको कारण सम्मेलन रद्ध गरेको थियो ।

चन्द्र लामा सम्मेलनका संयोजक हुन् भने खेलकुदमा भकुण्डो(सकर),बास्केटबल, भलिवल र लन टेनिस प्रतियोगिताको आयोजना गरिने छ । उक्त खेलकुदको लागि आगामी मे २० सम्म दर्ता गर्नु पर्ने छ ।

खेलकुदको लागि एक कुनै खेल टोलीले ४ सय डलर दर्ता शुल्क तिर्नु पर्ने छ भने प्रथम पुरस्कार कूल ४ हजार डलर र उप बिजेतालाई २ हजार डलर नगद र पुरस्कार प्रदान गरिने छ ।

४ वटा खेलहरु मे २२ र मे २३ का दिन खेलाइने छ भने खेल समय तालिका मे २२ का दिन दिउसो १ बजे सावर्जनिक गरिने छ ।

यस पटकको ५ औ युएनए सम्मेलनमा बाल प्रतिभा प्रतियोगिता,वादविवाद/वक्तृत्वकला ,भेषभुषा प्रदर्शन ,नृत्य तथा गायन प्रतियोगिता ,बिभिन्न मंचका कार्यक्रम तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिने छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।