जिल्ला प्रशासन कार्यालय धनकुटाको अत्यावश्यकीय बाहेकका सेवा बन्द
धनकुटा,२३ बैशाख । जिल्ला प्रशासन कार्यलय धनकुटाले अत्यावश्यकीय बाहेकाका सेवा बन्द गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस संक्रमण फैलदै गएको र धनकुटा नगरपालिकाका सबै वडाहरमा निषेधाज्ञा समेत जारी भएकोले र यस कार्यलय बाट दिदै आएका राहदानी वितरण तथा सिफारीस, नयाँ नागरिकता वितरण नविकरण, नावालक परिचया पत्र , हतियार दर्ता नविकरण, राष्टिय पचिय पत्र सम्बन्धी कार्य, संस्था दर्ता तथा नविकरण र अत्यावश्यकीय सिफारिस बाहेका सबै सेवा यही बैशाख ३१ गते सम्म लाई बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठद्धरा हस्ताक्षरीत सुचनामा जनाईएको छ ।
साथै यस अबधीमा पनी शान्ति सुरक्षा सम्बन्धी निवेदन, मुद्धा सम्बन्धी कार्य,विपत व्यावस्थापन सम्बन्धी सम्बन्धी कार्य र अत्यावश्यकीय सिफारिसको काम भने स्वाथ्य मापदण्ड अपनाएर संचालन गर्ने सुचनामा जनाइएको छ ।



