पाख्रीबास नगरपालिकाबाट प्रदान गरिने अत्यावश्यक बाहेकका नियमित सेवाहरु बन्द
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा रहेको कोभिड-१९ सीसीएमसी को आज बसेको बैठकले नपाबाट प्रदान गरिने अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।
नपामा कार्यरत १ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि अन्य कर्मचारीलाई पनि संक्रमण हुन सक्ने सम्भावना भएकोले कर्मचारी तथा नगरबासीहरुको स्वास्थ्यलाई समेत मध्येनजर गर्दै उक्त निर्णय गरिएको हो ।
नपा कार्यालय तथा सबै वडा कार्यालयहरुबाट अत्यावश्यक सेवा वाहेक नियमित रुपमा प्रदान गरिने अन्य सेवाहरु बैशाख २८ गते सम्म बन्द गरिएको हो ।
कोभिडको संक्रमण तीब्र रुपमा फैलिरहेकोले अनावश्यक हिंडडुल नगर्न,स्वास्थ्य मापदण्ड पालना गर्न समेत सबै नगरबासीहरुमा अनुरोध गरिएको नपाका प्रमुख प्रशासकीय अधिकृत डिक बहादुर राईद्वारा हस्ताक्षरित सुचनामा जनाइएको छ ।



