भेन्टिलेटर सहितको आईसियू कक्ष स्थापनामा ढिलाई भएको प्रति नेपाली कांग्रेस धनकुटाको आपत्ति

बैसाख ,२४ बैशाख । नेपाल सरकारले बजेट बिनियोजन गरि रकम आएको महिनौं वितिसक्दा पनि जिल्ला अस्पताल धनकुटामा भेन्टिलेटर सहितको आईसियू कक्ष स्थापना नभएको प्रति नेपाली कांग्रेस धनकुटाले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

आज प्रेस विज्ञप्ति जारी गर्दै त्यस विषयमा आफ्नो ध्यानर्कषण भएको जनाएको हो । उस्ले तत्काल भेण्टिलेटर सहितको आइसियु कक्ष स्थापना गर्न विज्ञप्ती प्रकाशित गरी माग समेत गरेको छ ।

नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल र सचिव विजय सन्तोषी राईले प्रेस विज्ञप्ती जारी गर्दै ९ महिना अघि बजेट आएको हाल सम्म धनकुटा अस्पतालमा भेन्टिलेटर सहितको आईसियू कक्ष स्थापना नभएकोमा आपत्ति जनाउदै तत्काल स्थापना माग गरेको हो ।

कोरोना भाईरस तीव्र रुपमा धनकुटामा समुदायस्तरमा फैलदै गई कोरोना भाईरस संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको अवस्थामा समेत करिव ९ महिना अगाडी नेपाल सरकारबाट चार वटा भेन्टिलेटर सहितको १० वेडको आईसियू कक्ष स्थापना गर्न धनकुटा अस्पतालमा २ करोड रुपैया बजेट पठाएकोमा हालसम्म आईसियू कक्ष स्थापना नहुनु हामी धनकुटावासीहरुका लागी अत्यन्तै दुखदायी र विडम्वना भएको धनकुटा कांग्रेसद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बजेटको अभावमा हाम्रो देशको विभिन्न भागहरुमा उपचार नपाएर कोरोना भाईरसका कारण दैनिक मृत्युवरण गरिरहेको र धनकुटा जिल्लामा समेत महामारीको रुपमै कोरोना भाईरस तिव्र रुपमा फैलिरहेको समयमा पनि लाखौं लाख रुपैयामा खरिद गरी ल्याएका सरसामान थन्काएर आईसियू कक्ष निर्माणमा सक्रिय नवन्नुले मानवीय संवेदनशीलतालाई ध्यान नपु¥याएको सवैलाई महसुस भएको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

महामारीको अहिलेको विषम् परिस्थितिमा कोरोना भाईरस लगायत अन्य कारणले सिकिस्त हुने विरामीहरुका उपचारका लागी अति आवाश्यक पर्ने भेन्टिलेटर सहित आईसियू कक्ष स्थापना गर्न जुन कारणले ढिलाई भइरहेता पनि अव मानवीय संवेदनशिलतालाई ध्यानमा राखी अविलम्व स्थापना गर्न का लागी नेपाली कांग्रेस धनकुटा सो विज्ञप्ती मार्फत सवैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न हामी अनुरोध गरेको छ ।

बजेट आएर पनि भेन्टिलेटर सहितको आईसियू कक्ष अव पनि धनकुटा अस्पतालमा स्थापना गरी संचालन नभएमा यसबाट उत्पन्न हुने क्षती र परिस्थितिको जिम्मेवार संम्वन्धित सरोकारवाला निकायले नै व्यर्होनु पर्ने समेत नेपाली कांग्रेस धनकुटाले जारी विज्ञप्तीमा सचेत गराएको छ ।

यसैगरी नेपाली कांग्रेस धनकुटाले धनकुटामा कोरोना भाईरस महामारीको रुपमा फैलिरहेको अवस्था सत्तारुढ नेकपा एमालेका संघिय सांसद राजेन्द्र राई लगायतका जनप्रतिनिधिहरुले विभिन्न योजनाहरुको उद्घाटन लगायतका कार्यक्रमहरु गर्दै आएकोमा गंभिर ध्यानाकर्षण गराउदै यस विषयम अवस्थामा त्यस किसिमको जमघट तथा भिडभाडहुने कार्यक्रमहरु तत्काल बन्द गर्न समेत आग्रह गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।