प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत सडक सोलिङ
धनकुटा । धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं ७ को दुई वटा सडक सोलिङ गरिएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत १६ लाख लागतमा गैरी-चाम्चा ग्रामीण सडक र गाउँपालिकाको श्रम मूलक रोजगार कार्यक्रम अन्र्तगत १० लगतमा साप्तिङ खेल मैदान ग्रामीण सडक सोलिङ गरिएको वडाध्यक्ष वम वहादुर राईले जानकारी दिनुभयो ।

यो वडामा प्रधानमन्त्री रोजगार कार्यक्रममा ४२ जना र श्रममूलक रोजगार कार्यक्रममा ३१ जना सहित ७३ जनाले रोजगारी पाएका छन् ।
त्यस्तै चालु आर्थिक वर्षमा वडाको उपभोक्ता समिति मार्फत तीन वटा सडक स्तरोन्नती तथा नयाँ विस्तार गरिएको छ ।
कूल १६ लाख लगतमा गैरी-चाम्चा.बास्कर्मी,सालबोटे-पाखा टोल-लुङधाङ ग्रामीण सडक र मटेनी-झोलुङ्गे-साप्तिङ पुल ग्रामीण सडकको स्तरोन्नती तथा नयाँ विस्तार गरिएको वडाले जनाएको छ ।


