सुनसान पाख्रीबास बजार(फोटो फिचर)

धनकुटा । हाल विश्वमै म’हामारीको रुपमा नयॉं भेरिएन्ट सहितको कोरोना भा’इरस फैलिरहेको अवस्थामा यस धनकुटाको पाख्रीबास नगरपालिका क्षेत्र भित्र समेत देखिएकोले नपाको कोभिड -१९ संकट ब्यावस्थापन केन्द्र(सीसीएमसी) को हिजो बसेको बैठकले जेठ ४ सम्म लागु हुने गरि यस नपा क्षेत्र भित्र निशेधाज्ञा लगाउने निर्णय गरेको छ ।

त्यससंगै आज बिहान ८ बजे सम्म खाद्यान्न,तरकारी र दुध डेरीहरु खुलेपनि अन्य पसलहरु बिहानै देखि बन्द देखियो ।

ढुवानीका गाडीहरु केही देखिएपनि अन्य सार्वजनिक यातायात लगायतका सवारी साधन चलेका छैनन् ।

फेरि एकपल्ट हेर्नुहोस् नपा क्षेत्रभित्र के गर्न पाइने-के नपाइने ?

१.अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्किने,

२.अत्यावश्यक काममा बाहिर निस्कनै परे अनिवार्य रुपमा मास्क,स्यानिटाइजर जस्ता सामाग्री प्रयोग गरि स्वास्थ्य मापदण्ड पालना गर्ने,

३.नगरबासीहरुको हितलाई मध्यनजर गर्दै नपा क्षेत्र भित्र सन्चालित जनसरोकार संग सम्बन्धित खाद्यान्न पसल,तरकारी पसल र दिध डेरीहरु जनस्वास्थ्य सम्बन्धी मापदण्डहरु पालना गरि बिहान ८ बजेसम्म मात्र सन्चालन गर्ने ,

४.नपा क्षेत्रभित्र सन्चालित अस्पताल,स्वास्थ्य संस्थाहरु,औषधी पसल,नीजि क्लिनिक बाहेकका सम्पूर्ण पसलहरु पूर्ण रुपमा बन्द गर्ने,

५.नपा क्षेत्र भित्र खाद्य सामाग्री र तरकारी ढुवानी संग सम्बन्धित यातायातका साधन बाहेक अन्य सार्वजनिक तथा नीजि सवारी साधनहरु सन्चालन नगर्न,

६.नपा क्षेत्र भित्र पर्ने मध्य पहाडी लोकमार्गमा चल्ने सवारी साधनहरुले यस नपा क्षेत्र भित्र कुनै पनि स्थानमा यात्रुहरु चढाउन ओराव्न नपाउने,

७.नपा क्षेत्र भित्रका बैंक तथा बित्तीय संस्थाहरु स्वास्थ्य मापदण्ड पूरा गरि दिनको १ बजेसम्म मात्र संचालन गर्ने,

८.नपा क्षेत्र भित्र रहेका सरकारी कार्यालयहरुले अत्यावश्यक सेवा मात्र संचालन गर्ने,

९.नपा क्षेत्र भित्र बसोबास गर्ने कुनै पनि ब्यक्तिलाई केरोना सम्बन्धित लक्षण द्खा परे पाख्रीबास आधारभूत अस्पतालको नम्बर 9861127979 र 9802746941 मा सम्पर्क गर्ने,

१०.नपा क्षेत्र भित्रका हाटबजार,मनोरन्जन स्थल,सार्वजनिक तथा नीजि क्याम्पस तथा बिद्यालयहरु अर्को सुचना नआएसम्मका लागि पूर्ण रुपमा बन्द गर्ने,

११.बिदाशबाच वा अन्यत्र नपाबाट यस नपामा पिरब्श गरेकाले अनिवार्य होम क्वारेन्टाइनमा बस्ने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।