धनकुटा उद्योग वाणिज्य संघको मास्क खोई अभियान जारी

धनकुटा,जेठ ३ । कोरोना संक्रमण नियन्त्रणमा सघाउ पुर्याउने लक्षका साथ धनकुटा उद्योग वाणिज्य संघले मास्क खोई अभियानलाई जारी राखेको छ ।

जिल्लामा कोरोना भाईरसको संक्रमण दर तिव्र रुपमा वढ्दै गएपछि यसको नियन्त्रणका लागि एक हप्ता अघिदेखी संघले सञ्चालन गरेको यो अभियान अन्र्तगत आज सम्म धनकुटामा चार हजार मास्क वितरण गरिसकिएको धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकरी दिनुभयो ।

सोही अभियान अन्र्तगत आज धनकुटाको चुवाको वोट,शहिद भीमनारायण चौक हुँदै धरहरा शान्ति चौक सम्म मास्क वितरण गरेको उहाँले वताउनुभयो । जसअनुसार संघका अध्यक्ष राई सहित कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यालय प्रमुख सचिन प्रधान,नेपाल पत्रकार महासंघ धनकुटाका सचिव हरी वहादुर लम्जेल लगायत धनकुटा उद्योग बाणिज्य संघका सदस्यहरुले कोरोना भाईरसबाट बच्नका लागि विभिन्न सन्देश मूलक व्यानरहरु चौक चौकमा राख्दै मास्क समेत वितरण गरेका थिए ।

जिल्लामा समुदाय स्तरमा संक्रमण दर तिव्र रुपमा फैलदै गएपछि धनकुटाबासीहरु भयभित र त्रसित भएका छन । आज मात्र धनकुटामाका ६१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।