पूर्व कार्यकारी अधिकृत खाम्याहाङ्ग अब रहेनन्
धनकुटा ३ जेष्ठ । धनकुटा नगरपालिकाका पूर्व कार्यकारी अधिकृत तथा विकास प्रेमी, कुशल प्रशासक महेन्द्र कुमार खाम्याहाङ्गको आज असमायिक निधन भएको छ ।
उहाँको निधन प्रति नेपाली कंग्रेस धनकुटाले शोक विज्ञप्ती प्रकाशित गरी उहाको सम्मान गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।
पार्टीका जिल्ला सचिव विजय सन्तोषी राईले शोक विज्ञप्ती जारी गर्दै लामो सयम सम्म धनकुटा नगरपालिकामा कार्यकारी अधिकृतको रुपमा कुशलता पूर्वक कार्य सम्पादन गरी धनकुटाको विकास र समृद्धीका लागि महत्वपूर्ण योगदान दिनु भएका विकास प्रमी कुशल प्रशासक खाम्याहाङ्गको निधनले धनकुटाले असल सहयोगी व्यक्ती गुमाएको उल्लेख गर्दै श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । साथै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नु भएको छ ।
धनकुटाको सल्लेरीमा नेपालकै नमुना डम्पिङ्क साईड-फोहर मैला व्यवस्थापन केन्द्र निर्माण गर्ने र नेपाल पत्रकार महासंघ धनकुटा शाखालाई बसपार्कमा भवन सहितको पाच आना जग्गा २०६३ सालमा दिने साहसीक निर्णय गरी प्रदान गर्ने लगायत धनकुटाको विकास र समृद्धीका लागि तत्कालिन धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत स्व. खाम्याहाङ्गको महत्वपूर्ण योगदान रहेको नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहनु भएका राईले जारी गर्नु भएको शोक विज्ञप्तीमा उल्लेख छ ।
धनकुटाका विकास र समृद्धी अनी नेपाल पत्रकार महासंघ धनकुटा शाखाको स्थागत विकासका लागि स्वर्गीय महेन्द्र कुमार खाम्याहाङ्कले निर्वाह गर्नु भएको महत्वपूर्ण भूमिकाको धनकुटा नगरवासी र धनकुटाका पत्रकारहरुले उहाँलाई सधै सम्झिरहने र सम्मान गरिरहने विज्ञप्तिमा उल्लेख छ ।


