जीवन बिकास लघुबित्त बित्तीय संस्थाद्धारा स्वास्थ्य सामाग्री प्रदान
धनकुटा, ४ जेठ । नयाँ भेरियन्ट सहितको दोस्रो चरणको कोरोना भाइरसको बढदो जोखिम लाई नियन्त्रण रोकथाम र त्यस बाट बच्नका लागि जीवन बिकास लघुबित्त बित्तीय संस्था लिमिटेड लेगुवा शाखाले अरुण गाउँपालिका ६ जरायोटार भोजपुरको मुख्य प्रवेशद्वार फेरि बजारमा रहेको सहायता कक्षमा स्वस्थ्य सामाग्री, मास्क सेनेटाइजर, साबुन पानी तथा चाउचाउ वितरण गरेको छ ।

विश्व व्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको दोस्रो चरणको कोरोना भाइरस बाट सचेत रहौ, सबैलाई स्वस्थ्य राखौ भन्ने उदेश्यका साथ स्वाथ्य सामगी उपलब्ध गराएको संस्थाका कर्मचारी कृष्णप्रसाद पराजुलीले जानकारी दिनु भयो ।


