नगरबासीहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि खुवाइंदै

धनकुटा,६ जेठ । गाउँ–गाउँमा कोरोना संक्रमण फैलिरहेका बेला धनकुटाको महालक्ष्मी नगरबासीहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि खुवाउन थालिएको छ ।

नगरपालिकाले नगरका सबै नागरिकको रोग प्रतिरोधात्मक क्षमता बढाउन कम्तिमा एक महिना सेवन गर्न पुग्ने गरी होमियोप्याथिक औषधि निःशुल्क वितरण गर्न थालेको हो ।

नगरबासीको रोग प्रतिरोधात्मक क्षमता बृद्धि गरी कोरोना सहित अन्य रोग लाग्नबाट बचाउँन सबै नगरबासीलाई रोग प्रतिरोधात्मक क्षमता बढाउँने औषधि खुवाउँन थालिएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले बताउनुभयो ।

अहिले शतर्कता अपनाउँदा अपनाउँदै पनि गाउँ–गाउँमा कोरोना फैलिएको उहाँले वताउनुभयो । कोरोनाको औषधि पनि नहुँदा यसको नियन्त्रणमा निकै चुनौति देखिएकाले नगरबासीलाई बचाउँन वैकल्पिक उपाय खोजेको भन्दै मेयर नेपालले भन्नुभयो, ‘हामीले महालक्ष्मी नगरबासी सबै नागरिकलाई यो औषधि खुवाउँदैछौ ।

इम्युनिटी पावर बढ्यो भने कोरोना सहित अन्य रोगको पनि संक्रमण कम होला भन्ने अनुमान गरेका छौं ।’ चिकित्सक सँगको परामर्श अनुसार नै महालक्ष्मी नगरपालिकाले यो अभियान शूरु गरेको हो ।

रोग प्रतिरोधात्मक क्षामता बृद्धि गर्ने भएकाले यो औषधि सेवनका लागि स्वास्थ्य मन्त्रालयले पनि अनुमति दिएको बताइएको छ । अहिले धनकुटा सदरमुकाम स्थित जनभावना होमियोप्याथिक हस्पिटल सँगको सहकार्यमा औषधि वितरण गर्न थालिएको छ ।

जनभावना हस्पिटलका सञ्चालक डा.खगेन्द्र कटुवाल सहित स्वास्थ्यकर्मी, जनप्रतिनिधि र नगरका कर्मचारीहरु औषधि वितरणमा खटिएका छन् । सबै नगरबासीलाई औषधि सेवन गराउँन नगरपालिका मार्फत वडा कार्यालय, टोलका अध्यक्ष र महिला स्वास्थ्य स्वयंसेवीकाहरु मार्फत औषधि वितरण गर्ने तयारी गरिएको छ ।

पहिलो चरणमा वडा नं. १, २, ६, ८ र ९ वडा कार्यालयमा औषधि पुर्याइ सकिएको छ । वाँकी सबै वडामा पनि केही दिनभित्रै औषधि पुर्याएर सबै नागरिकलाई औषधि वितरण गरिने बताइएको छ । रोग प्रतिरोधात्मक क्षमता बढाउँने होमियोप्याथिक औषधि भएकाले सबै उमेर समूहका मानिसले यो औषधि सेवन गर्न मिल्ने जनभावना हस्पिटलका सञ्चालक डा.कटुवालले बताउँनुभयो ।

हरेक व्यक्तिमा रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता हुने र त्यो कमजोर भयो भने बिभिन्न रोग लाग्ने भन्दै उहाँले रोग प्रतिरोधात्मक क्षमता मजवुत भएका व्यक्तिले कारोना जस्ता धेरै रोगका भाइरसलाई पराजित गर्न सक्ने वताउनुभयो । आफुहरुले अहिले एक महिनासम्म सेवन गर्न पुग्ने गरी हरेक व्यक्तिलाई १८-१८ गोली ‘इम्युन बुष्टर’ औषधि दिन थालेको वताउनुभयो । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँने भएकोले कोरोना मात्र नभई जुनसुकै रोगको पनि संक्रमण कम गर्ने डा कटुवालको भनाई छ ।

महालक्ष्मी नगरको कूल जनसंख्या करिब ३० हजार छ । कतिपय व्यक्ति गाउँमा नभएकाले अहिले २० हजारलाई औषधि तयारी गरिएको छ । अपुग भए थप गरेर नगरबासी सबैलाई औषधि खुवाइने उप–मेयर मञ्जु अधिकारीले बताउनुभयो ।

पहिलो चरणमा एक महिनाका लागि सबैलाई यो औषधि खुवाउँने र त्यसको प्रभावकारीता हेरेर पुनः औषधि थप्न सकिने महालक्ष्मी नगरपालिकाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।