कैलालीमा स,ङ्क्रमित वृद्धि

कैलाली, दोस्रो लहरको कोभिड–१९ बाट सङ्क्रमित र मृ,त्यु हुने सङ्ख्यामा वृद्धि हुँदै गएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा एक हजार एकमा नमूना परीक्षण गर्दा पाँच सय ३८ मा भाइरस पुष्टि भएको छ ।

अस्पतालमा शुक्रबार दुई सय २९ र बिहीबार चार सय ६४ मा सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार २४ घण्टाको अवधिमा अस्पतालतमा तीन र गोदावरी नगरपालिकामा चार सङ्क्रमितको निधन भएको थियो ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– ८ का ५८ वर्षीय पुरुष, धनगढी– २ का ६५ वर्षीय पुरुष, धनगढी– १२ का ४२ वर्षीय पुरुष र गोदावरी – ४ का ३५ वर्षीय पुरुष रहेका छन् । अस्पतलामा मात्रै हालसम्म एक सय ४५ को मृत्यु भइसकेको अस्पतालले जनाएको छ । अस्पतालमा हाल एक सय तीन सङ्क्रमित उपचाररत् छन् ।

यो पनि पढ्नुहोस्

काठमाडौँ, नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट मुक्तिका लागि यही जेठ १२ गतेदेखि १५ दिने हिमालयन सिद्ध महायोग अनुष्ठान आयोजना गरिने भएको छ ।

जगद् गुरु रामानन्दाचार्य सेवा पीठ र महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले आज आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा प्राकृतिक, आयुर्वेदिक र यौगिक प्रक्रियाबाट घरमै बसेर कोरोना हटाउन अनुष्ठान आयोजना गरिएको जानकारी दिइयो । कार्यक्रममा महायोगी सिद्धबाबाले साधनाका लागि निःशुल्क प्रशिक्षक प्रशिक्षण दिन लागिएको बताउनुभयो ।

सात्विक आहार र यौगिक दिनचर्याले एकान्तवासमा रहेर १५ दिन साधना गरेपछि कोरोना जस्ता भाइरसबाट मुक्त भइने उहाँको विश्वास छ ।

पन्ध्र दिनसम्म बिहान पाँच बजेदेखि सात बजेसम्म साधनाको कार्यक्रम राखिएको जनाइएको छ । प्राचीनकालमा वन जङ्गलमा बसी ऋषिमुनिले अध्ययन अनुसन्धानबाट मानव जीवनका लागि उपयुक्त भनी शुरु भएका पद्धतिबाट अहिलेको महामारीको अन्त्य गर्न सकिने महायोगीको भनाई छ ।

कार्यक्रममा पीठका अध्यक्ष गणेश सुब्बा, प्रतिष्ठानका उपाध्यक्ष विश्वप्रकाश पण्डित, पीठका उपाध्यक्ष गोविन्दबाबु तिवारीलगायतले कोरोनाबाट बच्न प्राकृतिक, आयुर्वेदिक र सात्विक जीवनचर्यामै फर्कनुपर्ने भएकाले पहिलो चरणमा यो कार्यक्रम शुरु गरिएको जानकारी दिनुभयो । यो कार्यक्रमलाई निरन्तरता दिइने पनि सो अवसरमा जानकारी गराइएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।