प्रतिनिधि सभाको विघटन गरी प्रतिगमनकारी निर्णय गरिएको भन्दै नेपाली कांग्रेस धनकुटाद्वारा गम्भीर ध्यानार्कषण

धनकुटा,जेठ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक र अनाधिकृत ढंगले गरेको सिफारिसलाई सदर गर्दै सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनीधि सभाको विघटन गरी प्रतिगमनकारी निर्णय गर्नु भएकोमा भन्दै नेपाली कांग्रेस धनकुटाले आफ्नो गम्भीर ध्यानार्कषण भएको जनाएको छ ।

पार्टीका जिल्ला सभापति अग्नी प्रसाद पौडेर र सचिव विजय सन्तोषी राईद्धारा हस्ताक्षरित विज्ञप्तीमा असंवैधानिक र अनाधिकृत ढंगबाट प्रधान मन्त्रीको सिफारीसमा राष्टपतीबाट प्रतिनिधि सभा विघटन गरिएको उल्लेख छ ।

असंवैधानिक तरिकाले गरिएको प्रतिनीधि सभा विघटनको विरोध गर्दै उस्ले संविधान र लोकतन्त्रको रक्षाका लागि अन्तिम पटक आन्दोलनमा उत्रिन समेत सवैलाई आव्हन गरिएको छ ।

सम्माननीय राष्ट्रपति ज्यूले प्रधानमन्त्री नियुक्तिको लागि दावी प्रस्तुत गर्न आव्हन गर्नु भएको समयावधि भित्रै हाम्रो पार्टीका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री नियुक्तिका लागि माओवादी केन्द्र, जसपा, नेकपा एमालेका नेपाल खनाल समूह र राष्ट्रिय जनमोर्चाको समेत सर्मथनमा १ सय ४९ जना प्रतिनिधि सभाका सदस्यहरुको हस्ताक्षर सहितको दावी राष्ट्रपति समक्ष पेश गर्नु भएको विज्ञप्तीमा उल्लेख छ ।

नेपालको संविधानको धारा ७६ को उपधारा ५ अनुसार नै विधिसम्मत रुपमा प्रधानमन्त्रीको लागि पेश गरेको दावी माथि संविधान सम्मत निर्णय गरी उल्टै प्रधानमन्त्री ओलीसँगको सहकार्य तथा मिलेमतोमा असंवैधानिक ढंगबाट रातारात प्रधिनिधि सभा विघटन गरी नेपालको संविधानमाथि नै बलात्कृत गर्ने काम भएको समेत विज्ञप्तीमा उल्लेख छ ।

सार्वभौम जनताको सर्वोच्च निकाय प्रतिनिधि सभालाई मध्यरातमा विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्यको तीव्र विरोधका साथ निन्दा गदै घोर भत्सना समेत गर्दछौ विज्ञप्तिमा भनिएको छ साथै असंवैधानिक ढंगबाट विघटन गरिएको प्रतिनिधि सभाको निर्णयलाई सच्चाई पुनस्र्थापना गर्न समेत विज्ञप्ती मार्फत माग गरिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।