धनकुटा अस्पतालमा अक्सिजन प्लान्ट खरिद गरी जडान गर्नका लागि ७५ लाख वजेट विनियोजन
धनकुटा,जेठ १० । धनकुटा अस्पतालमा अक्सिजन प्लान्ट खरिद गरी जडान गर्नका लागि ७५ लाख वजेट विनियोजन गरिएको छ ।
नेपाल सरकार अर्थ मन्त्रालय मार्फत जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्नका लागि ७५ लाख वजेट विनियोजन गरिएको नेकपा एमाले धनकुटाका अध्यक्ष तथा निवर्तमान प्रतिनीधि सभा सदस्य राजेन्द्र कुमार राईले वताउनु भयो ।
अव केहि दिन भित्र अन्य स्वास्थ्य सम्वन्धि सामाग्री सहित अक्सिजन प्लान्ट खरिद तथा जडान गरिने तयारी गरिएको उहाँले वताउनुभयो ।



