राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिगमन कदमको विरुद्ध आन्दोलनका लागि अगाडी बढ्न आव्हान

धनकुटा,१० जेष्ठ ।  धनकुटाका ५ राजनैतिक दहहरुले आज संयूक्त प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिगमन कदमको विरुद्ध आन्दोलनका लागि अगाडी बढ्न आव्हान गरेका छन् ।

नेपाली कांग्रेसका जिल्ला सचिव विजय सन्तोषी राई,नेकपा माओवादी केन्द्र धनकुटका संयोजक ऋषिराम ढुंगाना, नेकपा एमाले नेपाल खनाल समुह धनकुटाका अध्यक्ष अर्जुन राई ,जसपा धनकुटाका उपाध्यक्ष पार्वती राई,राष्टिय जनमोर्चा नेपाल धनकुटाका सचिव कोपिला शंकरले संयूक्त विज्ञप्ती जारी गर्दै राष्टपति र प्रधानमन्त्रीको प्रतिगमनकारी कदमको विरुद्ध आन्दोलनका निम्ति अगाडी बढ्न आव्हन गर्नु भएको हो ।

उहाहरुद्धारा जारी विज्ञप्तीमा नेपालको संविधान २०७२ को मर्म, भावना र प्रावधान विपरित प्रधानमन्त्री खड्ग प्रसाद ओलीले असंवैधानिक र अनाधिकृत ढंगबाट गरेको सिफारिसलाई सदर गर्दै राष्टपतिले दोस्रोपटक प्रतिनिधिसभाको बिघटन गरी प्रतिगमनकारी कदम चालेको प्रति गंभिर ध्यानाकर्षण भएको उल्लेख छ ।

राष्ट्रपतिले प्रधानमन्त्री नियुक्तिको लागी दावी प्रस्तुत गर्न आह्वान गरेको समयावधी भित्रै नेपाली कांग्रेसका सभापति माननीय शेर वहादुर देउवाले प्रधानमन्त्री नियुक्तिका लागी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एमालेका नेपाल— खनाल समुह र राष्टिय जनमोर्चाको सर्मथनमा १ सय ४९ जना प्रतिनिधिसभाका माननीय सदस्यज्यूहरुको हस्ताक्षर सहितको दावी राष्ट्रपति समक्ष पेश गरिएको समेत नेपालीहरुमा अवगत भएको समेत विज्ञप्तीमा उल्लेख छ ।

संविधानको धारा ७६ कोउपधारा ५ बमोजिम प्रतिनिधिसभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित विधि सम्मत प्रधानमन्त्रीको लागी पेश गरेको दावी माथि संविधान सम्मत निर्णय गरी नेपाली कांग्रेसका सभापति माननीय शेर वहादुर देउवालाई नियूक्त गर्नु पर्ने संविधान बमोजिमको दायित्व राष्ट्रपती विद्यादेवी भण्डारीबाट पुरा नगरी उल्टै प्रधानमन्त्री केपी शर्मा ओलीसंगको मिलेमतोमा असंवैधानिक र स्वच्छाचारी ढंगबाट मध्य रातमा प्रधिनिधिसभा विघटन गर्दै नेपालको संविधान माथी पुनः ब लात्कृत गर्ने काम भएको उहारुले विज्ञप्तीमा जनाउनु भएको छ ।

सार्वभौम जनताको सर्वोच्व निकाय प्रतिनिधिसभालाई मध्यरातमा विघटन गर्ने राष्ट्रपती र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्यको विरोध र निन्दा गदैै घोर भत्र्सना समेत गर्दै असंवैधानिक ढंगबाट विघटन गरिएको प्रतिनिधिसभाको पुर्नस्थापनाको समेत धनकुटाका पाच दलले जोडदार माग गरेका छन् ।

राष्ट्रपती र प्रधानमन्त्रीको यो किसिमको प्रतिगमनकारी कदमको राजनैतिक र कानुनी हिसावले सशक्त प्रतिवाद गर्दै संविधानको रक्षाको लागी दृढतापूर्वक अगाडी बढ्न सम्पूर्ण राजनीतिक दल, यूवा, विद्यार्थी, संचारकर्मी, नागरिक समाज लगायत आम जनसमुदायमा उहाहरुले उक्त विज्ञप्ती मार्फत अपिल गर्नु भएको छ ।

असंवैधानिक रुपमा रहेको प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतीले नागरिक्ता सम्वन्धि अध्यादेश जारी गर्दै मुलुकलाई सिक्किमीकरण र फिजिकरणको बाटोमा लैजाने अत्यन्तै नियोजित र बदनियतपूर्ण गरेको कार्य प्रती खेद प्रकट गर्दै सार्वभौम मुलुकको स्वाभिमान नागरिक हुनुका नाताले अबिलम्ब उक्त अध्यादेश फिर्ता लिन समेत विज्ञप्ती मार्फत धनकुटाका पाच दलले जोडदार माग गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।