कोभिड अस्पतालमा उपचाररत संक्रमितहरुको उद्योग वाणिज्य संघको टोलीद्वारा अवलोकन

धनकुटा,जेठ ११ । धनकुटा जिल्ला सदरमुकाम स्थितको कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामीहरुको आज उद्योग वाणिज्य संघको टोलीले अवलोकन गरेको छ ।

धनकुटा अस्पतालको आकस्मिक कोभिड कक्ष र कोभिड अस्पतालको प्रत्यक्ष अवलोकन पछी संघको टोलीले कोरोना संक्रमित विरामीहरुको उपचार व्यवस्थित ढंगबाट भैरहेको पाईएको जनाएको छ ।

धनकुटा अस्पतालका प्रमुख डा.पुजन विश्वकर्माको नेतृत्वमा स्थापित अस्पतालको कोभिड आकस्मिक कक्ष र कोभिड अस्पताल आद्योगिक ग्राममा रहेका कोरोना संक्रमितहरुको उत्कृष्ठ ढंगबाट उपचार भैरहेको त्यहा उपचारत कोरोना संक्रमित र संक्रमितहरुको भिजिटरहरुले वताएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।

तीन हप्ता अघि स्थापित धनकुटा कोभिड अस्पताल र तीन दिन अघि धनकुटा अस्पतालमा स्थापित कोभिड आकस्मिक कक्षबाट ५० जना कोरोना संक्रमितहरु उपचार गरी निको भई घर फर्की सकेको धनकुटा अस्पताल प्रमुख डा.पुजन विश्वकर्माले वताउनु भयो ।

उहाँले अहिले धनकुटा कोभिड अस्पताल औद्योगिक ग्राममा १० जना र धनकुटा अस्पतालको कोभिड आकस्मिक कक्षमा ६ जनाको अक्सिजन सहित उपचार भैरहेको जानकारी दिनुभयो ।

धनकुटा जिल्लामा सयौको सख्यामा कोरोना संक्रमित हुदै आएता पनि जटिल खालका र अक्सिजन लगाउनु पर्ने संक्रमित विरामीहरुको मात्र अस्पतालमा भर्ना गरी उपचार गर्दै आएको समेत उहाँले वताउनु भयो । अन्य संक्रमित हरु भने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको परार्मशमा होम आईशोलेसनमा नै उपचार गराईरहेका छन् ।

धनकुटा जिल्लामा दोस्रो लहरको कोरोना संक्रमण फैलिदै गएपछि अहिले सम्म ५सय ८० जना कोरोना संक्रमित भैसकेको र अधिकांश अहिले घरमानै होम आईशोलेसनमा रहेर उपचार गरीरहेको धनकुटा स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले वताउनु भएको छ ।

धनकुटा अस्पतालका प्रमुख डां विश्वकर्माकै सक्रियता र नेतृत्वमा तीन हप्ता अघि धनकुटा कोभिड अस्पताल स्थापना गरिएकोमा जटिल खालका संक्रमितहरु पनि उपचारका लागि आउन थालेपछि उहाकै सक्रियतामा धनकुटा अस्पतालमै आकस्मिक कोभिड कक्ष स्थापना गरी सहज रुपमा उपचार भैरहेको छ ।

कोरोनाबाट बचाउन धनकुटा अस्पतालका प्रमुख डा.विश्वकर्माको कोरोना संक्रमितहरुको उपचार गर्ने यस महत्वपूर्ण अभियानलाई आ आफ्नो क्षेत्रबाट सहयो गर्न समेत उद्योग बाणिज्य संघका अध्यक्ष राईले सवैलाई अनुरोध गर्नु भएको छ ।

धनकुटा अस्पतालका प्रमुख डा.विश्वकर्माको नेतृत्वमा धनकुटा अस्पतालका चिकित्सक तथा स्वास्थयकर्मीहरुले यतिबेला चौविसै घण्टा धनकुटा कोभिड अस्ताल र कोभिड आकस्मिक कक्षमा आफ्नो जीवन जोखिममा राख्दै साहसका साथ विरामीहरुलाई उच्च मनोमल दिदै उपचार गरिरहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖