धनकुटा अस्पताललाई कोरोना संक्रमण जोखिम नियन्त्रण तथा रोकथामका लागि २५ लाख वरावरको स्वास्थ्य सामाग्री प्रदान गर्ने तयारी
धनकुटा,जेठ ११ । निवर्तमान प्रतिनीधिसभा सदस्य तथा नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राईले कोरोना भाईरस संक्रमण जोखिम नियन्त्रण तथा रोकथामका लागि २५ लाख वरावरको स्वास्थ्य सामाग्री प्रदान गर्ने तयारी गर्नुभएको छ ।

नेपाल सरकारको ७५ लाख वजेट मार्फत धनकुटा अस्पतालमा जडान गर्न लागिएको अक्सिजन प्लाण्ट जडान कै अवसरमा ती सामाग्री अस्पताललाई प्रदान गर्ने तयारी गरिएको राईका स्वकिय सचिव महेन्द्र गिरीले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।



