गणतन्त्र दिवस यसरी मनाउन जिल्ला प्रशासन कार्यालय धनकुटाले गर्यो अनुरोध

धनकुटा,१३ जेठ ।  यही जेठ १५ गते पर्ने गणतन्त्र दिबशको अबसरमा जेठ १४,१५ र १६ गते भव्यताका साथ गणतन्त्र दिवश मनाउँन जिल्ला प्रशासन कार्यलय धनकुटाले सबै जिल्ला बासीमा अनुरोध गरेको छ ।

धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले सुचना जारी गर्दै जिल्लामा रहेका सबै सरकारी, सार्वजनिक तथा सामुदायकि संघ संस्थाहरुले राष्ट्रिय झण्डा तथा व्यानर सजाई कार्यलय र कार्यलय परिसरको सरसफाई गर्न अनुरोध गरेको छ ।

त्यस्तै स्वाथ्य मापदण्डको पूर्ण पालना गर्दै धार्मिक तथा सॉंस्कृतिक सम्पदाको सरसफाई गर्न तथा सरकारी कार्यलय, सार्वजनिक निकायका कार्यलय, सार्वजनिक महत्वका स्थलहरुमा दिपप्रज्वलन गर्ने तथा सबै जिल्ला बासीहरु लाई घर घर मा दिपावली गर्न प्रशासनले अनुरोध गरेको छ ।

तर यस्ता कार्य गर्दा नयाँ भेरियन्ट सहितको कोरोना भाइसर बाट जोगिनका लागि सबै स्वाथ्य मापदण्डको पालना गर्न समेत सुचनामा भनिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖