नेपाली कांग्रेस नगर कार्य समिति पाख्रीवासद्वारा नि:शूल्क एम्वुलेन्स सेवा प्रदान
धनकुटा । कोरोना भाईरस संक्रमित विरामीलाई सहयोग पुर्याउने लक्षका साथ नेपाली कांग्रेस नगर कार्य समिति पाख्रीवासले नि:शूल्क एम्वुलेन्स सेवा दिने भएको छ ।
आज एक जानकारी पत्र सार्वजनिक गर्दै नि:शूल्क एम्वुलेन्स सेवाको वारेमा जानकारी गराएको हो ।
पाख्रीवास बजार तथा उत्तरपानी मार्गा देखी एम्वुलेन्स मार्फत नगर क्षेत्रका कोभिड संक्रमित विरामीहरुलाई धनकुटा, धरान, विराटनगर सम्मको सेवा निशूल्क रुपमा उपलब्ध गराईने नेपाली कांग्रेस नगर समिति पाख्रीवासले जनाएको छ ।
सेवा लिनका लागि यी नं हरुमा सम्पर्क गर्न सकिने जनाईएको छ ।



