धनकुटाको आईशोलेसनमा पहिलो पल्ट आज संक्रमितको निधन
धनकुटा । धनकुटका एक कोरोना संक्रमितको आज निधन भएको छ ।
निधन हुनेमा धनकुटा नगरपालिका वडा नं ५ का ७८ वर्षका पुरुष रहेको धनकुटा अस्पतालका सूचना अधिकारी राजन पोखरेलले जानकारी दिनुभयो ।
११ दिन अघि कोरोना पुष्टि भई धनकुटाको औद्योगिक ग्राम स्थितको आईसोलेसनमा राखिएको उहाँको आज विहान निधन भएको सूचना अधिकारी पोखरेलले वताउनु भयो ।
उहाँको शव नेपाली सेनाले अन्त्यष्टि गरेको जनाइएको छ । धनकुटाको आईशोलेसनमा कोरोना संक्रमितको निधन भएको यो पहिलो पटक हो ।


