धनकुटामा समेत यास चक्रवातको प्रभाव, भौतिक तथा मानविय क्षति छैन : प्रहरी
धनकुटा,१४ जेठ । शक्तिशाली चक्रवात यास को प्रभाव धनकुटामा समेत परेको छ ।
चक्रवातका कारण बिहिबार देखि भएको बर्षा आज साँझ सम्म पनि जिल्लाका धरै स्थानमा भइ रहेको जनाईएको छ ।
यास चक्रवातका बर्षा भए पनि धनकुटामा कुनै भौतिक तथा मानविय क्षतिको विवरण नआएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी
गोबिन्द अधिकारीले जानकारी दिनु भयो ।
उहाँका अनुसार दिउँसो केहि समय मागमागे खोलामा आएको बाढीका कारण यातायातका साधन ओहोर दोहोरमा केहि घण्टा समस्या भए पनि अन्य खासै समस्या र क्षतिको विवरण नआएको बताउनु भयो ।


