प्रतिनिधिसभा पून:स्थापनाको माग गर्दै ४ दलद्वारा संयुक्त विज्ञप्ति जारी
जेष्ठ १५,धनकुटा । विभिन्न ४ राजनीतिक दलका पाख्रीवास नगर कमिटीले दोश्रो पटक विघटित प्रतिनिधिसभा पून:स्थापनाको माग गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,नेकपा एमाले खनाल-नेपाल समूह र जनता समाजवादी पार्टी पाख्रीवास नगर कमिटीले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै त्यस्तो माग गरेका हुन् ।
उनिहरुले नेपालको संविधानको मर्म र भवना विपरित प्रधानमन्त्रीको आदेशमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा दोश्रो पटक प्रतिनीधि सभा विघटन गरिएको प्रति ध्यानाकर्ष भएको जनाउदै पून: प्रतिनीधिसभा पुन:स्थापनाको माग गरेका छन् ।
उनिहरुले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम प्रतिनीधि सभा बहुमत सदस्यको हस्ताक्षर सहित विधि सम्मत प्रधानमन्त्रीका लागि पेश गरेको दावी माथी विधि सम्मत निर्णय गरी कंग्रेस सभापति शेर वहादुर देउवालाई नियुक्ति गर्नुपर्ने संविधान बमोजिमको दायित्व राष्ट्रपति भण्डारीले पूरा नगरी उल्टै प्रधानमन्त्री केपी शर्म ओली सँगको मिलेमतोमा असंवैधानिक र स्वेच्छाचारी ढंगबाट मध्यरातमा प्रतिनीधि सभा विघटन गरी संविधानमाथि व लात्कार गर्ने काम भएको उल्लेख गरेका छन् ।
असंवैधानिक रुपमा रहेको प्रधानमन्त्री कै सिफारिसमा राष्ट्रपतिले नागरिक्ता सम्वन्धि जारी गरिएका अध्यादेश अविलम्व फिर्ता लिन समेत विज्ञप्ति मार्फत माग गरिएको छ ।
जारी विज्ञप्तिमा भनिएको छ “कोभिड-१९ को दोश्रो लहरको महामारीले जनता आक्रान्त पारिरहेको वेला समेत असंवैधानिक रुपमा रहेका प्रधानमन्त्री कै सिफसिरमा नागरिक्ता सम्वन्धि अध्यादेश जारी गर्दै मुलुकलाई सिक्किमीकरण र फिजीकरणको बाटोमा लैजाने अत्यन्तै जिनयोजित र वदनियत पूर्ण रुपमा गरेका कार्य प्रति समेत खेद प्रकट गर्दै सार्वभौम मुलुकको स्वाभिमानी हामी नागरिक हुनाका नाताले अबिलम्व उक्त अध्यादेश फिर्ता लिन पनि जोडदार माग गर्दछौ ।”
उनिहरुले विज्ञप्ति मार्फत कोरोना माहामारीको यो समयमा यसको संक्रमणबाट शर्तक र सूरक्षित रहदै असंवैधानिक कदमको विरुद्धमा आवाज वुलन्द गर्न नगरवासीलाई अनुरोध समेत गरेका छन् ।



