धनकुटाको पाख्रीवास नगरपालिका निवासी पूर्व माननीय स्व. थापाको निधनमा नेपाली कांग्रेस धनकुटाद्वारा श्रद्धाञ्जली व्यक्त
धनकुटा,जेठ १५ । तत्कालीन मुगा गाविस हाल पाख्रीवास नगरपालिका निवासी पूर्व माननीय स्व. हरेन्द्र बहादुर थापा प्रति नेपाली कांग्रेस धनकुटाले श्रद्धाञ्जली व्यक्त गरेको छ ।
स्व थापाको १३ औ दिनको पुण्यतिथिको अवसरमा शाक विज्ञप्ति जारी गर्दै स्व. थापा प्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको हो ।
पार्टीका जिल्ला सचिव विजय सन्तोषी राईद्धारा जारी विज्ञप्तीमा नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री सुनिल बहादुर थापाका काका समेत रहनु भएका समाजसेवी, सरल इमानदार र सहयोगी व्यक्तित्व स्व हरेन्द्र बहादुर थापाको निधनले नेपाली कांग्रेस धनकुटालाई मर्माहित र दुःखित बनाएको उल्लेख छ ।
उहाको निधनले नेपाली कांग्रेस धनकुटाले एक असल सहयोगी र विकास प्रेमी समाजसेवी व्यक्तित्व गुमाएको जनाएको छ । ८८ बर्षको उमेरमा निधन हुनु भएका समाजसेवी स्व हरेन्द्र का तीन छोरा र १ छोरी छन् ।



