मनोनित सदस्यहरुलाई नेकपा एमाले धनकुटाद्वारा स्वागत तथा वधाई ज्ञापन

धनकुटा,जेठ १५ । प्रदेश सामाजिक विकास मन्त्रालय व्यवस्थापन अन्र्तगत धनकुटा अस्पताल विकास समिति र कोशी अञ्चल आयुर्वेद विकास समिति धनकुटामा मनोनित भएका सदस्यहरुलाई आज नेकपा एमाले धनकुटाले स्वागत गर्दै वधाई ज्ञापन गरेको छ ।

मनोनित सदस्यहरुलाई पार्टीका जिल्ला अध्यक्ष राजेन्द्र कुमार राईले खदा र अविर लगाई स्वागत गरी वधाई दिदै कोरोना महामारीको समयमा विरामीहरुलाई उपचार एवम् एम्वुलेन्सको सहज व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।

कोरोना नियन्त्रणका साथै अस्पतालमा कस्ता कस्ता आवश्यक सामाग्रीहरुको अभाव छ त्यो पहिचान गरी व्यवस्थापन तर्फ लाग्न समेत आग्रह गर्नुभयो ।

अस्पताल विकास समितिमा लिलानाथ मिश्र,सत्यनारायण यादव,गोविन्द निरौला,कुसुम कुमारी राना,सिता थापा छन् भने कोशी अञ्चल आयुर्वेद विकास समिति धनकुटामा भिमा खनाल,तेजेन्द्र पराजुली,निर्मला राई,सन्त कुमारी राई र कमल राई रहेका छन् ।

कार्यक्रममा अस्पताल विकास समिति र कोशी अञ्चल आयुर्वेद विकास समितिको उद्देश्य जिल्ला समन्वय समितिका संयोजक टंक चौहानले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा नेकपा एमाले धनकुटाका सचिव भिम राई,तारा तितुङ लगायतको उपस्थिती थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।