सङ्क्रमितलाई लिन गएको टोली सडक अवरुद्ध हुँदा रोकियो

स्याङ्जा, केही दिनदेखि लगातार परेको वर्षाका कारण वालिङ हुवास खण्डको वालिङ नगरपालिका– १४ स्थित पानी ट्याङ्कीमा सडक माथिबाट आएको पहिराले सडक अवरुद्ध भएको छ ।

पहिराका कारण सडक अवरुद्ध हुँदा कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि लिन गएका युवा बाटोमै रोकिएका छन् ।

हुलकाङस्थित फूलबारीमा कोरोना सङ्क्रमणबाट बिरामी भएका एक पुरुषलाई उपचार गर्न अस्पताल पु¥याउनका लागि लिन गएका वालिङ– ९ का विवेक पराजुली र १४ का याम लुइँटेल सडक अवरुद्ध हुँदा बाटोमै रोकिएका हुन् ।

वालिङ– १२ का युवा समाजसेवी राजु काफ्ले (ख्याम) ले बिरामी लिन गएका युवा सडक अवरुद्ध हुँदा समयमै बिरामी भएको स्थलसम्म जान नसकिएको र बाटो खुलाउनका लागि नगरपालिकामा खबर गरिएको जानकारी दिनुभयो ।

लगातार परेको वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडकका साथै बस्ती जोखिममा परेका छन् भने ग्रामीण सडकमा पहिरो जाँदा सवारी साधन चल्न सकेका छैनन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।