स्वास्थ्य सुरक्षा सामाग्री,औषधी तथा भिटामीन सि वितरण

धनकुटा । नेपाली कांग्रेस सहिदभूमि गाउँ कार्य समितिका नेताद्वारा सहिदभूमि गाउँपालिकाका कोरोना संक्रमितहरुलाई १ लाख ३१ हजार बराबरको स्वास्थ्य सूरक्षा सामाग्री,केही औषधी तथा भिटामीन सि वितरण गरिएको छ ।

सहिदभूमि गाउँपालिकामा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण दर तिव्र गतिमा फैलिदै जान थालेपछि संक्रमितहरुको लागि राहत स्वरुप सर्जिकल मास्क,साबुन, सेनिटाइजर ,फेससिल,गोल्ब्स,सिटामोल,अजिथ्रोमेइसिन,जिङ्क,भिटामिन सी,लगायतकाको सामाग्री कोरोना संक्रमितलाई वितरण गरिएको हो । पालिकामा कोरोना संक्रमण तिव्र फैलिदै जान थालेपछि संक्रमितहरुको स्वास्थ्य सुरक्षाको लागि थोरै भएपनि सहयोग पुगोस भन्ने उद्देश्यले ७ हजार ५ सय पीस सर्जिकल मास्क,१ सय ५० एमएलको सेनिटाइजर १ सय ५० पीस,डिटोल साबुन १ सय ५० पिस,ग्लोब्स १ बक्स र फेससिल २५ पीस,सेनिटाइजर १ हजार एमएलको ४ पीस साथै केही औषधीहरुमा ज्वरो कम गराउने सिटामोल २ बक्स,पेट दुख्न निको पार्ने जिङ्क २ बक्स,घाँटी दुख्न निको पार्ने अजिथ्रोमेइसिन २ बक्स साथै भिटामीन सी २ बक्स वितरण गरिएको नेपाली कांग्रेस सहिदभूमि गाउँपालिका कार्य समितिका सभापति तिर्थ राईले बताउनु भयो ।

औषधी सेवन गर्न अघि स्वास्थ्यकर्मीहरुसँगलाई सम्पर्क गरि मात्रै सेवन गर्न समेत संक्रमितहरुलाई अनुरोध गरिएको सभापति राईले बताउनु भयो । कोरोना महामारीको विषम परिस्थितिमा सर्वप्रथम संक्रमित बचाउन प्रमुख कर्तब्य रहेको र सोही कर्तब्य निभाउन नेपाली कांग्रेस सहिदभूमिले स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको नेपाली कांग्रेस पार्टी सहिदभूमिका सचिव रुद्र बहादुर राईले बताउनु भयो ।

पालिकाको गाउँटोलमा सचेत गराँउदै हिड्दा स्वास्थ्य जोखिममा नपरोस् भन्ने उद्देश्यका साथ इलाका प्रहरी कार्यालय छिन्ताङ्ग,प्रहरी चौकी आँखिसल्लालाई समेत मास्क,सेनिटाइजर,डिटोल साबुन र केही औषधीहरु प्रदान गरिएको नेपाल तरुण दल जिल्ला सदस्य संजिव राईले जानकारी दिनु भयो ।

सहिदभूमि गाउँपालिका वडा नं। २ मा प्राय घर घरैमा कोरोना संक्रमितहरु रहेको र होम आइसोलेशनमा रहनु भएको छ भने त्यस्तै वडा नं।३,४,५ र ६ मा समेत कोरोना संक्रमितहरु होम आइसोलेशनमा बसिरहनु भएको छ ।
नेपाली कांग्रेस वडा नम्बर ६ का सभापति विकास राई,वडा नं।४ का सभापति सन्तोष राई,वडा नं। ३ का सभापति श्याम राई,वडा नं। का सभापति दूर्गा विष्ट लगायतका लाई समेत स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको नेपाली कांग्रेस सहिदभूमिका सचिव रुद्र राईले जानकारी गराउनु भयो ।

कोरोना संक्रमितहरु अझै पनि धेरै हुन सक्ने देखिएको छ । स्थानीय सरकार र वडा सरकारबाट कन्ट्रयाक्ट ट्रेसिङ गरेको नदेखिएकोप्रति सहिदभूमि गाउँपालिका सभापति तिर्थ राईले आपत्ती जनाउनु भयो ।महामारीले ग्रसित वडा र टोललाई निशुल्क औषधी र स्वास्थ्य सुरक्षा सामाग्री वितरण गर्न साथै पिसिआर परिक्षणको दायरा कुनैपनि राजनीतिक आग्रह,पूर्वग्राह नराखि तुरुन्त बढाउन समेत सभापति राईले स्थानीय सरकारलाई आग्रह गर्नु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖