यार्सा सङ्कलनमा गएकी महिलाको मृ,त्यु
दार्चुला, अपी हिमाल गाउँपालिका–५ का एक महिलाको यार्सागुम्बा सङ्कलनका क्रममा एकजना महिलाको मृ,त्यु भएको छ ।
यार्सागुम्बा सङ्कलनका लागि अपी हिमाल गाउँपालिकाको सातगङ्गा वनमा गएको बेला ४० वर्षीया चुन्धरी धामीको मृ,त्यु भएको हो ।
यार्सागुम्बा सङ्कलनका लागि गत वैशाखमै पाटन पुगेकी धामीको पेट दुख्ने समस्या थियो । दुई÷तीन दिनसम्म पेट दुख्न निको नभएपछि मृत्यु भएको आफन्तले जनाएका छन् ।
मृ,तकको शवलाई आइतबार घर ल्याइएको छ । मृ,तकका दुई छारा र दुई छोरी छन् ।
यसअघि अपी हिमाल गाउँपालिका–४ का एक मोहनसिंह ठेकरेको पनि यार्सागुम्बा सङ्कलनका क्रममा हिउँ पहिरामा परी मृ,त्यु भएको थियो ।


