टावर मर्मत नहुँदा सञ्चार विच्छेद

दार्चुला, व्याँस गाउँपालिका–१ छाङ्गरुस्थित नेपाल टेलिकमको स्काई टावरको मर्मत नहुँदा गत गत मंसिरदेखि स्थानीय वासिन्दा सञ्चार सुविधाबाट बञ्चित हुन पुगेका छन् । गत मंसिरमा परेको हिमपातले टावरमा व्यापक क्षति पु¥याएको थियो ।

सात महिनासम्म टावरको मर्मतसम्भार नहुँदा अहिले व्याँस गाउँपालिका–१ छाङ्गरु तिङ्करका स्थानीयवासीका साथै सशस्त्र प्रहरी र नेपाल प्रहरी सञ्चार सेवाबाट वञ्चित भएका छन् । स्काइ टावर राखिएको घर नै हिमपातले भत्काएको छ ।

भवनको छत भत्किएपछि भवनभित्र रहेका टेलिकमको विटिएस, रेडियो प्रणालीलगायतमा समस्या आएको हुनसक्ने नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘भवन पूरै भत्काएको छ, के कति क्षति भयो भन्ने यकिन जानकारी हामीसँग पनि छैन् ।’’

‘‘सामान्य अवस्थामा भए हामीले नै मर्मतसम्भार गथ्र्यौं’’, उहाँले भन्नुभयो, ‘‘टावरको पूरै क्षति भएकाले हामीले बनाउन सक्ने अवस्था रहेन् । टावरले काम नगरेको बारे सम्बन्धित निकायलाई जानकारी गराइएको छ ।’’

अहिले व्यासमा भाइनेट इन्टरेन मात्र चलेको छ । ‘‘वाइफाइबाट मात्र आफन्तसँग कुराकानी गर्न मिलेको छ’’, छाङ्गरुका स्थानीय योगेश बोहराले भन्नुभयो, ‘‘फोन गर्न पाइएको छैन् ।’’ छाङ्गरुमा नेपाल टेलिकमले दुई ल्यान्डलाइन जडान गरेको छ ।

अहिले त्यो फोन सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको छ । नागरिकले दिनहुँ व्यक्तिगत सम्पर्क गर्नको लागि सशस्त्र प्रहरीकामा गएर कुराकानी गर्न पनि समस्या हुने गरेको स्थानीय बताउँछन् । छाङ्गरुमै नमस्तेको फोरजी सेवासहितको फोन पुनः सञ्चालन गर्न भन्दै टावर गाडिए पनि उपकरण जडान गरिएको छैन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖