धनकुटाका थप ५६ मा संक्रमण पुष्टि
धनकुटा । आज धनकुटाका ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पिसिआर परिक्षणमा संक्रमण पुष्टि हुनेहरुमा धनकुटा नगरपालिकाका १ जना, पाख्रीवास नगरपालिकाका २ छन् भने एन्टिजेन विधिबाट गरिएको परिक्षणमा पाख्रीवास नगरपालिकाका १३ जना, धनकुटा नगरपालिकाका ६ जना, सहिदभूमी गाउँपालिकाका ५ जना,महालक्ष्मी नगरपालिकाका २५ जना र छथरजाेरपाटी गाउँपालिकाका ४ जना रहेको स्वास्थ्य कार्यलय धनकुटाले जनाएकाो छ ।
आद जिल्लाका १५ जना कोरोना मुक्त भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमित संख्या ५६३ रहेको छ । ती मध्ये २२ जना आईसेल्शनम र ५४१ होम आईसेलेसनमा रहेको स्वास्थ्य कार्यलय प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।


