सङ्क्रमित महिलाको गाउँकै आइसोलेशनमा सुरक्षित प्रसूति

कास्की,माछापुच्छ«े गाउँपालिका–२ स्थित सार्दीखोला स्वास्थ्यचौकीमा एक सङ्क्रमित गर्भवतीको सुरक्षित प्रसूति गराइएको छ । स्थानीय २८ वर्षीया महिलाको सो स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले बुधबार राति ८ः५६ बजे आइसोलेशनकक्षमा सामान्य विधिबाट प्रसूति गराउनुभएको हो ।

साँझ ८ः०० बजे सुत्केरी व्यथा लागेर स्वास्थ्यचौकी आउनुभएकी ती महिला र उहाँका श्रीमान्को एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । हाल सुत्केरी महिला र बच्चा (छोरी)को स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीका अनमी हिमकुमारी गुरुङ र विद्या सापकोटा तथा स्वास्थ्यचौकीका कर्मचारी लक्ष्मी बयलकोटी र सञ्जु परियारले सामान्य विधिबाट सुत्केरी गराउनुभएको स्वास्थ्यचौकीका इन्चार्ज अनिता घिमिरेले जानकारी दिनुभयो ।

यसअघि शहरका अस्पतालमा सङ्क्रमित महिलाको प्रसूति गराइए पनि गाउँकै स्वास्थ्यचौकीमा आइसोलेशन सेन्टरमा गर्भवतीले बच्चा जन्माएको पहिलोपटक भएको बताइन्छ ।

स्वास्थ्यचौकीका इन्चार्ज घिमिरेले भन्नुभयो, “सुत्केरी व्यथा लागेपछि गाडी पठाउन आग्रह गरेपछि हामीले उहाँलाई स्वास्थ्यचौकीमा ल्याएका थियौँ, महिला र उहाँका श्रीमान्को परीक्षण गर्दा कोरोना पोजेटिभ आयो, गाउँमै पहिलोपटक कोभिड पोजेटिभ बिरामीको सुत्केरी गराउन पाउँदा खुशी भएका छौँ ।”

सार्दीखोला स्वास्थ्यचौकीमा सामान्य अवस्थाका महिलाको सुत्केरी गराउने गरे पनि जटिल अवस्थाकालाई पोखरा सिफारिश गर्ने गरिएको छ । पछिल्लो समय कोरोना सङ्क्रमण बढेपछि स्वास्थ्यचौकीमा १० शय्याको आइसोलेशन सेन्टर निर्माण गरिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।