नेपाली कांग्रेसका जिल्ला सदस्य नेपालधनद्वारा स्वास्थ्य सुरक्षा सामाग्री वितरण

धनकुटा,जेठ २१ । नेपाली कांग्रेस जिल्ला सदस्य नेपालधन राई तथा वडा सभापतिहरुद्वारा साँगुरीगढीको वडा नं ७,८,९ र १० का विभिन्न टोलमा करिब ३० हजार बराबरको स्वास्थ्य सुरक्षा सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

साँगुरीगढी गाउँपालिकामा पछिल्लो चरण कोरोना संक्रमण दर वृध्दि हुँदै गएपछि स्वास्थ्य सुरक्षा सामाग्रीहरु जिल्ला सदस्य नेपाल धन राई तथा वडा सभापतिहरुको संयोजनमा टोलटोलमा स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

साँगुरीगढी गाउँपालिकामा कोरोना संक्रमण दर घटाउन जनताको स्वास्थ्य सुरक्षाको लागि सचेतना जगाउदै स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरिरहेको नेपाली कांग्रेसका जिल्ला सदस्य राईले जानकारी दिनु भयो ।

साँगुरीगढीको वडा नं ७,८,९ र १० का विभिन्न टोलमा मास्क,सेनिटाइजर,ज्वरो कम गराउने सिटामोल,भिटामिन सि,डि र ई,झाडापखाला लाग्दा खाने जिङ्क,वडा नं ९ को स्वास्थ्य चौकीलाई ४ पिस पीपीई सेट लगायतको सामाग्री वितरण गरिएको जिल्ला सदस्य राईले जानकारी दिनु भयो ।

स्वास्थ्य सामाग्री वितरणको लागि वडा नं ७ मा सभापति विष्णु राई,वडा नं ८ मा नेपाल तरुण दल साँगुरीगढी सचिव राज कुमार राई ,वडा नं ९ मा सभापति भूपाल राई,वडा नं १० मा सभापति अमल बहादुर राईले संयोजन गर्नु भएको थियो ।

वडा नं. ९ मा मात्र ४३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने अरु वडामा समेत कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका विरामी निक्कै रहेको वडा नं १० का युवा नेता तथा बि पि कोईराला युवा नेतृत्व बिकास मन्च धनकुटा सह सचिव लजेश राईले बताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।