धनकुटामा आज सम्म सक्रिय कोरोना संक्रमितको विवरण यस्तो छ
धनकुटा,२३ जेठ । नयाँ भेरियन्ट सहितको दोस्रो चरणको कोरोना भाइरस संक्रमितको आज सम्मको विवरण सार्वजनिक गरिएको छ ।
आज सम्मको विवरण अनुसार धनकुटा नगरपालिकामा ५८ महिला र ६० पुरुष संक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै पाख्रिवास नगरपालिकामका ५६ महिला र ६८ पुरुष, महालक्ष्मी नगरपालिकामा २८ महिला १६ पुरुष, छथरजोरपाटीमा १९ महिला ३३ पुरुष, शहिदभूमी गाउँपाकिाका ३६ महिला ४० पुरुष, साँगुरीगढी गाउँपालिकामा २७ महिला २१ पूरुष र चौविसे गाउँपालिकाम ४ महिला र ६ पूरुष संक्रिय कोरोना संक्रमित रहेको जिल्ला प्रसाशन कार्यलय धनकुटाले जारी गरेको विवरणमा उल्लेख गरिएको छ ।
जस अनुसार धनकुटामा २सय २८ महिला र २ सय ४४ पुरुष गरि ४ सय ७२ जना संक्रिय संक्रमित रहेको जनाईएको छ ।



