कोरोना परिक्षणको दायरा फराकिलो र सहज बनाउन माग

जेष्ठ २३,धनकुटा । नेपाली कांग्रेस धनकुटाले जिल्लामा कोरोना परिक्षण दायरा फराकिलो र सहज बनाउन माग गरेको छ ।

जिल्लाको सम्पूर्ण पालिकाका वडाहरुमा तिव्र रुपमा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको भन्दै उस्ले कोरोना परिक्षण दायरा वढाउन प्रेश विज्ञप्ती मार्फत माग गरेको हो ।

पार्टीका जिल्ला सभापती अग्नी प्रसाद पौडेल र सचिव विजय सन्तोषी राईद्धारा हस्ताक्षरित विज्ञप्ती मार्फत जिल्लाका सवै क्षेत्रहरुमा कोरोना व्यापक फैलिएर सवैलाई आतंकित ,भयभित र त्रसित बनाईरहेको भन्दै परिक्षण विधिलाई फराकिलो र सहज बनाउदै व्यापक्ता दिन जोडदार माग गरिएको छ ।

समुदाय स्तरमा कोरोना संक्रमण व्यापक फैलिदै गई जनजिवनलाई नराम्रोसँग प्रभावित त्रसित र भयवित बनाउदै गएकाले उच्च मनोवल र साहसका साथ सुरक्षाका सवै विधि अवलम्बन गरी कोरोना भाईरस विरुद्ध यु द्द लड्न समेत जिल्लावासीलाई नेपाली कांग्रेस धनकुटाले आव्हान समेत गरेको छ ।

धनकुटा जिल्लामा पार्टी जिल्ला पदाधिकारी,जिल्ला सदस्य,नगर सभापती,वडा सभापतीहरु,पार्टीका नेता गण र क्रियाशिल सदस्य ८६ जना सहित जम्मा १ हजार १ सय ६३ जना धनकुटेली नागरिकहरु अहिले कोरोना संक्रमित भैसक्नु भएको र २३ जनोको कोरोना भाईरसका कारण मृ त्यु समेत भैसकेको विज्ञप्तीमा उल्लेख छ ।

कोरोना भाईरसबाट अहिले बाचियो भने मात्र पछी केही गर्न सकिने भएकाले कुनै पनि हालतमा हेलचेक्राई नगरी सावधान अपनाई उच्च सर्तकत्ताका साथ घरमै वस्न समेत सम्पूर्णलाई अनुरोध गर्दै यदी घरबाट निस्किनै पर्ने भए मास्क लगाउन र सामाजिक दुरी अनिवार्य कायम आग्रह गरिएको छ ।

जिल्लाका सवै पालिकाका वडाहरुमा अहिले कोरोना भाईरसको एन्टिजेन परिक्षण भैरहेकाले कोरोना भाईरससंग मिल्दोजुल्दो कुनै पनि लक्षण देखिए र कन्ट्राकटे«सिङ्गमा पर्नु भएकाहरुले समेत अनिवार्य परिक्षण गरी कोरोना भाईरस विरुद्धको युद्धमा सशक्त ढंगले लडाई लड्न अपिल गरिएको छ ।

कोरोना भाईरसको परिक्षण तथा उपचार गर्नका लागि कुनै पनि किसिमको समस्या परेमा नेपाली कांग्रेस कांग्रेस धनकुटाले सहयोग गर्ने र त्यसका लागि पार्टीको वडा, पालिका र जिल्ला तहका नेताहरुसंग सम्पर्क गर्न समेत पार्टीका जिल्ला सचिव राईले सवैलाई आव्हान गर्नुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।