धनकुटाका थप ८३ जना आज संक्रमणमुक्त
धनकुटा,जेठ २३ । आज धनकुटाका ८३ जना कोरोना संक्रमण मूक्त भएका छन् ।
जिल्ला प्रशासन कार्यालय धनकुटाका अनुसार आज जिल्लाका ८३ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भए सँगै जम्मा निको हुनेको संख्या ६ सय ७४ पुगेको छ ।
दिउसो ३ वजे सम्मको तथ्यांक हेर्दा जिल्लामा आज ८ जना संक्रमित थपिएका छन् । अहिले सम्म सक्रिय संक्रमित संख्या ४ सय ७२ रहेको जनाईएको छ ।
अहिले जिल्लाका ४ सय ५२ जना होम आईशोलेसन र ८ जना संस्थागत आईशोलेसनमा रहेको जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।
त्यस्तै अहिले सम्म जिल्लामै संक्रमण पुष्टि भई जिल्लामै निधन भएका ४, जिल्लामा संक्रमित भई वाह्य जिल्लामा उपचारको त्रलममा निधन भएका १२ र धनकुटा स्थायी ठेगाना भई वाह्य जिल्लामै कोरोना संक्रमण पुष्टि भई वाह्य जिल्लामै निधन भएका ६ जना सहित २३ जनाको निधन भएको तथ्यांक छ ।


