पूर्व प्राध्यापक श्रेष्ठको कोरोना संक्रमणका कारण निधन
धनकुटा,२५ जेठ । धनकुटा बहुमुखी क्यापसका राजनैतिक शास्त्रका पूर्व प्राध्यापक विश्वप्रकास श्रेष्ठको कोरोना संक्रमणबाट नि’धन भएको छ ।

कोरोना सक्रमित भएका श्रेष्ठको उपचारका क्रममा आज मृ त्यु भएको उनका छिमेकी राजेश्वर बहादुर श्रेष्ठले जानकारी दिनु भयो ।
कोरोना संक्रमणकै कारण श्रेष्ठकी आमाको समेत ८ दिन अघि मृत्यू भएको थियो भने बेशाख २५ गते उनकी दिदिको समेत कोरोनाकै कारण बैशाख २५ गते मृ त्यु भएको थियो ।
नेपाल राष्ट्रिय अभिभावक संघ,धनकुटाका सल्लाहकार,२०५४ सालको स्थानीय निर्वाचनमा धनकुटा नगरपालिकाका मेयरका प्रत्यासी,तरुण दल धनकुटाका संस्थापक अध्यक्ष,धनकुटा क्याम्पसका प्राद्यापक संघका पुर्व सभापति समेत श्रेष्ठ हुनुहुन्थो ।


