धनकुटा क्याम्पस प्राध्यापक संघका पूर्व अध्यक्ष श्रेष्ठको निधन प्रति नेपाली कांग्रेस धनकुटाद्वारा शोक व्यक्त

धनकुटा । नेपाली कांग्रेस धनकुटाका नेता तथा धनकुटा क्याम्पसका प्राध्यापक संघका पूर्व अध्यक्ष विश्व प्रकाश श्रेष्ठको निधन प्रति नेपाली कांग्रेस धनकुटाले शोक व्यक्त गरेको छ ।

आज शोक विज्ञप्ति जारी गर्दै श्रेष्ठ प्रति शोक व्यक्त गरेको हो । शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ । नेविसंघ धनकुटाका पूर्व जिल्ला अध्यक्ष तथा नेपाल तरुण दल धनकुट जिल्लाका पूर्व अध्यक्ष समेत रहनुभएका श्रेष्ठको कोरोना संक्रमण पुष्टि भई विराटनगर स्थित नोवेल अस्पतालमा उपचारको क्रममा निधन विज्ञप्तीमा उल्लेख छ ।

धनकुटा नगरपालिकाको मेयरमा २०५४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नु भएका उहाँ कोरोना संक्रमण भए पछि केही दिन धनकुटा अस्पतालमा उपचार पछी जटिल समस्या भएपछि विराटनगर स्थिति नोवेल अस्पतालमा उपचाररत रहनुभएको थियो ।

स्व श्रेष्ठ बौद्धिक नेताका साथै कुशल संगठनकर्ता अत्यन्तै मिलनसार,सहयोगी तथा शालिन व्यक्तित्वको रुपमा रहनु भएकोले उहाँको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको पार्टीका जिल्ला सचिव विजय सन्तोषी राईद्धारा हस्ताक्षरित शोक विज्ञप्तिमा उल्लेख छ ।

साथै स्व श्रेष्ठको सम्मानमा नेपाली कांग्रेस धनकुटाले जिल्ला पार्टी कार्यालयमा तीन दिन सम्म झण्डा झुकाएर कार्यालय बन्द गर्ने समेत निर्णय गरेको छ ।

२०१३ साल असार १३ गते धनकुटा नगरपालिका वडा नं ६ वीचबजार धनकुटामा जन्मनु भएका स्व श्रेष्ठको श्रीमती दुई छोरा र एक छोरी छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।