धनकुटाका यी स्थानमा भोलि बिद्युत अवरुद्द हुने
धनकुटा । भोलि बिहान ८ देखि साँझ ५ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धनकुटा शाखाले जनाएको छ ।
२२० केभि कोशि कोरिडोर आयोजनाले सुके पोखरी, निगाले क्षेत्रमा तार तान्ने कार्यको लागि हिले फिडर सटडाउन लिएकोले सुकेपोखरी, निगाले, पारी पात्ले, वारि पात्ले लगायतका क्षेत्रहरूमा (३ बटा ट्रान्सफर्मरहरूबाट बितरित मात्र) बिद्युत अवरूद्ध हुने प्राधिकरणले आफ्नो फेसवुक पेज मार्फत जानकारी गराएको छ ।
त्यसैगरि हिले फिडरका अन्य स्थानहरूमा बैकल्पिक फिडरहरूबाट बिद्युत आपुर्ति ब्यवस्थापन गर्न केहि समय मात्र बिद्युत अवरूद्ध हुने ब्यहोरा समेत अनुरोध गरेको छ ।


