९ औं दिनको पुण्य तिथिको अवसरमा हिलेमा श्रद्दान्जलि सभा आयोजना
धनकुटा ।धनकुटा उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष उमेश घिमिरेका पिता उत्कृष्ठ उद्यमी तथा समाजसेवी स्व निल वहादुर घिमिरेको ९ औं दिनको पुण्य तिथिको अवसरमा आज धनकुटा उद्योग बाणिज्य संघले हिलेमा एक कार्यक्रमको आयोजना गरी श्रद्धाञ्जली अर्पण गरेको छ ।
संघका अध्यक्ष विजय सन्तोषी राई,उपाध्यक्षहरु खगेन्द्र कुमार विष्ट, कृष्णराज श्रेष्ठ, महासचिव राम वहादुर गोङ्वा,कार्यकारी सदस्यहरु डिजेश शाक्य,भीम वहादुर खेवा लिम्बु,धनकुटा उद्योग बाणिज्य संघका कार्यालय सचिव सचिन प्रधान ,व्यावसायी भीम मल्ल लगायतले वरिष्ठ उद्यमी तथा समाजसेवी स्व घिमिरेको तस्विरमा फुलमाला लगाई श्रद्धाञ्जली अपर्ण गरी शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका थिए ।
कार्यक्रममा संघका अध्यक्ष विजय सन्तोषी राईले वरिष्ठ उद्यमी स्व घिमिरे प्रति श्रद्धाञ्जली अपर्ण गर्दै उहाको निधनले धनकुटाको उद्योग बाणिज्य क्षेत्रमा अपुरणीय क्षती पुगेको वताउनुभयो ।
सोही अवसरमा शोकाकुल परिवारजनमा समवेदना पत्र समेत प्रदान गरिएको छ । स्व घिमिरे का पत्र धनकुटा उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष उमेश घिमिरेले धनकुटा उद्योग बाणिज्य संघले शोक तथा दु खमा साथ दिएको भन्दै संघ प्रति धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
आज भन्दा ९ दिन अघि श्वासप्रश्वास समस्याका कारण निधन हुनु भएका स्व घिमिरेका दुई श्रीमती,तिन छोराहरु,सात छोरी,बुहारी र नाती नातीनी छन् ।


