सचेतना कार्यक्रम सञ्चालन गर्दै स्वास्थ्य तथा सुरक्षित सामाग्री वितरण

धनकुटा । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाली कांग्रेस धनकुटाका नेताहरुले आज धनकुटा नगर क्षेत्र र चौविसे गाउपालिकामा सचेतना कार्यक्रम सञ्चालन गर्दै स्वास्थ्य तथा सुरक्षित सामाग्री वितरण गरेका छन् ।

पार्टीका जिल्ला सचिव विजय सन्तोषी राईले धनकुटा नगरपालिकाको वडा १ निगालेमा जिल्ला सदस्य नारायण प्रसाद रिजाल,महिला नेता पुण्यवती शाही,सक्रिय सदस्य शेर वहादुर शाही,वडा नं २ का सभापती पदम भण्डारी,महिला संघका नेता कमला शाही लगायत त्यस क्षेत्रका नेताहरु सँग भेघाट गर्दै कोरोनाबाट बच्ने वारे सचेतना जगाउ जगाउदै स्वास्थ्य सामाग्री वितरण गर्नुभएको हो ।

त्यस्तै धनकुटाको छथरजोरपाटी गाउपालिकाका पार्टी सहसभापती चन्द्र लिम्बु,पाख्रिवास नगरपालिका वडा नं १० का पार्टीका वडा सभापती कृष्ण कटेल लगायतका नेताहरुसँग पनि जिल्ला सचिव राईले भेटघाट गरी त्यस क्षेत्रका नागरिकहरुको स्वास्थ्य स्थितिको वारेमा जानकारी लिनु भएको थियो ।

भेटघाटको क्रममा उनिहरुलाई सचिव राईले स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु वितरण गर्नु भएको थियो । उता धनकुटाको चौविसे गाउपालिकामा पनि नेपाली कांग्रेस चौविसे गाउपालिकाका सभापती बिजु राईको नेतृत्वमा पालिकाका विभिन्न वडाका नागरिक र स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य सूरक्षा समाग्री वितरण गर्नु भएको छ ।

चौविसेका कोरोना संक्रमित र अन्य नागरिकलाई कोरोना संक्रमणबाट वचाउनका लागि सूरक्षित स्वास्थ्य समाग्री र औषधीहरु वितरण गरिएको सभापती राईले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।