छथर जोरपाटीले सक्यो शिक्षक दरबन्दी मिलान
नारायण कुमार राई/ ३१ जेठ,धनकुटा । छथर जोरपाटी धनकुटाले आफ्नो पालिकाको शिक्षक दरबन्दी मिलान तथा ब्यबस्थापन सकेको छ ।
पालिकाको २८ गते बसेको बैठकले ‘शिक्षक दरबन्दी मिलान तथा ब्यबस्थापन कार्यबिधी २०७६’अनुसार प्रा.बि. तहका १०६ वटा दरबन्दी मध्ये ३६ वटा दरबन्दी मिलान गरिएको हो ।
११ दरबन्दी शिक्षा बिकास तथा समन्वय इकाई धनकुटामा बुझाएको छ भने बाँकी २५ वटा पालिकाका बिद्यालयहरुमा मिलान गरिएको छ ।
जसमा नि.मा.बि.मा २ वटा,मा.बि.मा २१ वटा र उच्च मा.बि २ वटा दरबन्दी मिलान गरिएको पालिकाका शिक्षा शाखा प्रमुख निर्मला सुवेदीले जानकारी दिनुभयो ।
छथर जोरपाटी गाउँपालिकामा २८ वटा सामुदायिक बिद्यालयहरु रहेका छन् ।


