जनताले दु:ख पाईरहेको वेला सरकार सत्ता टिकाउने खेलमा मात्र लाग्नु नेपालीको लागि दूर्भाग्य : नेपाली काग्रेस धनकुटा

असार ६,धनकुटा । लगातरको बर्षाको कारण हुन सक्ने जेखिम प्रती उच्च सर्तकता अपनाउदै सुरक्षित रहन नेपाली कांग्रेस धनकुटाले सम्पूर्णलाई अपिल गरेको छ ।

आज उस्ले विज्ञप्ति प्रकाशित गर्दै जिल्लावासी सहित सम्पूर्णलाई वर्षातका कारण हुन सक्ने सम्भवित जोखिमबाट शर्तक रहन अपील गरेको हो ।

विगत केही दिनदेखि परेको अविरल वर्षाको कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्ची लगायत देशका विभिन्न जिल्लामा ठूलो मात्रामा जनधनको क्षती भैरहेकोले उचित क्षतीपूर्ति दिन सेमत सरकार समक्ष जोडदार माग गरिएको छ ।

पार्टीका जिल्ला सभापती अग्नि प्रसाद पौडेल र सचिव विजय सन्तोषी राईद्धारा हस्ताक्षरित विज्ञप्तिमा वर्षातका कारण आएको बाढी,पहिरो,डुवान, कटान जस्ता प्राकृतिक प्रकोपका कारण देशभर जनताले दु ख पाईरहेको र जनधनको क्षती भईरहेको प्रति सरकार उदाशिन बन्दै सरकार टिकाउने खेलमा मात्र व्यस्त रहनु नेपालीको लागि ठूलो दुर्भाग्य भएको उल्लेख छ ।

“हामी यस विषयमा सरकारको गम्भिर ध्यानर्कषण गराउदै वर्षा लगायत प्राकृतिक प्रकोपका कारण पीडित भएकाहरुलाई तत्काल राहत उपलब्ध गराउन र घर-वार विहिन भएकाहरुलाई उचित व्यवस्थापन गर्न समेत नेपाली कांग्रेस धनकुटा जोडदार माग गर्दछ” विज्ञप्तिमा भनिएको छ ।

“सिन्धुपाल्चोक जिल्लाको मेलम्भी ,हेलम्बु,पाँचपोखरी, मनाङ्ग सदरमुकाम चामे, स्याङ्जाको सेतीवेणी,पर्वत, मुस्ताङ, कास्की, गोरखा,म्याग्दी ,बागलुङ्ग ,चितवन , नवलपुर लगायत देशका अधिकांश भागहरुमा बाढी, पहिरो, डुवान र कटान जस्ता प्राकृतिक प्रकोपले ठूलो मात्रामा जनधनको क्षति हुन पुगेको छ। भने इन्द्रावती र मेलम्ची जोड्ने मोटरेवल पुल सहित दर्जनौं झोलुङ्गे पुल र घरहरु वगाएको छ । पहिरोका कारण राजमार्गहरु अवरुद्ध छन् ।

मौसमविदहरुको पूर्वानुमान अनुसार जोखिम न्यूनीकरण र रोकथामका लागि सरकारले आवश्यक गृहकार्य नगरेको कारण यो वर्ष ठूलो जनधनको क्षती व्यहोर्नु पर्ने देखिन्छ” जारी विज्ञप्तिमा उल्लेख छ । साथै वाढी पहिरोवाट ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारलाई उचित क्षतिपुर्तीको व्यवस्था गर्न, वेपत्ता व्यक्तीहरुको खोजी र घाइतेहरुको नि:शुल्क स्वास्थ्य उपचारको व्यवस्था सरकारले तत्काल मिलााउनु पर्नेमा सचिव राईले जोड दिनुभएको ।

विपदमा परेका पीडित परिवारको उद्दार तथा राहत कार्यमा जुट्न र यस्त कार्यलई प्रभावकारी वनाउन आवश्यक पहलकदमी लिन पार्टीका सम्पुर्ण तह, तप्काका नेता, कार्यकर्ता एवम् भातृ ,शुभेच्छुक संघ-संस्थालाई नेपाली कांग्रेस धनकुटाले अपिल गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖